नयाँ संरचना निर्माण र सजावट भएसंगै घुम्न अाउनेहरु ह्वात्तै बढे बेतना सिमसारमा

  • १७ भाद्र २०७५, आईतवार

केशु विरही, बेलबारी/ पूर्वकै चर्चामा रहेकाे बेतना सिमसारले अान्तरिक श्रृङ्गारमा ध्यान दिएपछि त्यहाँ घुम्न अाउनेकाे संख्या ह्वात्तै वढेकाे छ ।

अा. व. २०७४/७५ काे श्रावण महिनामा १५ हजार पर्यटकले बेतना भ्रमण गरेकाेमा अा.व. २०७५/७६ काे यहि अवधिमा १९ हजारभन्दा वढि पर्यटकले बेतना भ्रमण गरेका छन् ।अान्तरिक सजावटमा ध्यान दिएपछि बेतना घुम्न अाउनेकाे संख्या वढेकाे बेतना सिमसारका अध्यक्ष डम्बर बस्नेत वताउँछन् ।

सिमसारकाे तथ्याङ्क अनुसार गत वर्षकाे तुलनामा दैनिक रुपमा १ सयदेखि १ सय ५० जनाभन्दा वढिका दरले पर्यटककाे संख्या वढेकाे देखिन्छ ।

सिमसारले करिव २१ लाख २६ हजारकाे लगानीमा अाफ्नाे २० वर्षे कार्ययाेजना अनुसारकाे फाउन्टेन पाेखरीकाे निर्माण कार्य गरिरहेकाे छ ।

सिमसारका अध्यक्ष डम्बर बस्नेतका अनुसार फाउन्टेन पाेखरी र अान्तरिक सजावटका लागि बेलबारी नगरपालिकाकाे सिफारिसमा प्रदेश १ सरकारको उद्योग पर्यटन तथा वातावरण मन्त्रालयकाे कुल  ३ लाख ९२ हजार र पर्यटन कार्यालय काकडभित्ताकाे १० लाख गरि १३ लाख ९२ हजार र सिमसारकाे अान्तरिक ७ लाख ३४ हजार गरि कुल २१ लाख २६ हजार लगानी भएकाे छ ।

अहिले मूख्य द्वारबाट पस्नेवित्तिकै दुवाेले सजाईएकाे वेतना सिमसारकाे लाेगाे निर्माण गरिएकाे छ । जहाँ बेतनाकाे अाकर्षणकाे रुपमा रहेकाे कछुवाकाे मूर्तिकाे पनि निर्माण गरिएकाे छ । साथै रङ्गराेगनमा पनि उत्तिकै ध्यान दिएकाे छ ।

नयाँ सजाटकाे बेतना घुम्न अाउनेहरु पनि खुसी देखिन्छन् । उनीहरुले यसरी नै बेतनाले पर्यटकलाई अाकर्षण गर्ने काममा लागिरहन सल्लाह दिएका छन् । साथै बेतनाकाे विकासका लागि प्रदेश सरकारकाे तर्फबाट रु १ कराेडकाे वजेट छुट्टिएकाे वाताईएकाेे छ भने अाफ्नाे २० वर्षे गुरु याेजना अन्तरगतकाे काम पूरा गर्नलाई सिमसारले केन्द्रमा पर्यटन मन्त्रालयमा पनि प्रपाेजल पेस गरेकाे वताएकाे छ ।