बलात्कारीलाई फासी दिने कानुन ल्याउन अधिकारकर्मीहरुको माग

  • २२ भाद्र २०७५, शुक्रबार

बेलबारी मोरङ /बलात्कारीलाई फांसी दिने कानुन ल्याउन महिला अधिकारकर्मीहरुले माग गरेका छन ।

मोरङको बेलबारीमा मानव बेचबिखन बिरुद्ध १२ औ राष्ट्रिय दिवशको अबसरमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले दैनिक बल्कारका घटना बढदै गएको भन्दै बलात्कारीलाई तत्कालनै फांसी  दिने खालको कार्यक्रम ल्याउन माग गरेका हुन ।

महिला सजाल बेलबारीकि अध्यक्ष सर्मिला लुङ्गेलि मगरले महिला हिसाका घटनामा सरकार उदासिन रहेको आरोप लगाइन् । उनले कन्चनपुरकी  निर्मला पन्तको हत्याको प्रसग उठाँउदै सरकारले नै दोसीलाई संरक्षण गरेको आरोप लगाइन्  ।अर्की महिला नेतृ सकुन्तला सुबेदीले महिलाहरु अहिले पनि बेचिएको भन्दै महिलाका लागी बिशेष प्याकेजको कार्यक्रम ल्याउन माग गरीन् ।

कार्यक्रममा बेलबारी नगरपालिकाकी उप प्रमुख ढाका पराजुलीले महिला हिंसाका घट्ना दिन प्रतिदिन बढदै गइरहेको भन्दै चिन्ता ब्यक्त गरिन्  । उनले नगरपालिकाले समेत महिलाहलाई आफना खुटामा आफै उभिन सक्ने बनाउने उदेश्यका साथ ब्यबशायिकतामा जोड दिएको बताइन्  । त्यस्तै  बेलबारी नगरपालिकाका प्रबक्ता योगेन्द्र सुबेदीले महिलालाई ब्यबसायिक बनाउन नगरले बिशेष कार्यक्रम ल्याएको बताए ।