राहत शिक्षकहरु आन्दोलित, गेटमा ताला लाएर पठनपाठन

  • २८ भाद्र २०७५, बिहीबार

सुन्दरहरैचा, माेरङ/ राहत शिक्षकहरूले विभिन्न माग राखी विद्यालय बन्द गर्ने क्रममा सुन्दरहरैंचामा रहेको सुकुना माध्यमिक विद्यालयमा भने अान्दाेलनकारी र विद्यालय प्रशासनविच झडपकै स्थिति सिर्जना भएकाे छ ।

राहत शिक्षकहरू आजसम्म सामुदायिक विद्यालय बन्द गर्ने घोषणासहित आन्दोलनमा उत्रिएका थिए । आन्दोलनरत शिक्षकहरूले सुकुना माविमा पढाइ भइरहेको थाहा पाएपछि सो विद्यालय बन्द गर्न गएका थिए । आन्दोलनरत शिक्षक पुग्दा गेटमा ताला लागे पनि विद्यालयमा पढाइ भने भइरहेको थियो ।

बाहिर प्रहरी तैनाथ गरेर पढाइ भैरहेकाे थाहा पाएर अाउँदा अाफूहरुलाई भित्र पस्न नदिईएकाे वताउँछन् ।

अान्दालनरत पक्षलेे प्र.अ लक्ष्मीकुमार श्रेष्ठले अाफूहरुमाथि अभद्र व्वयहार गरेकाे, अाफूहरुलाई गुण्डाकाे संज्ञा दिएकाे वताएका छन तर प्र.अ श्रेष्ठ भने शिक्षकलाई नभएर अाफूले उनीहरुकाे प्रवृतिलाई त्यसाे भनिएकाे वताउँछन् ।

शिक्षक भएर शिक्षककाे मर्म वुझ्नु पर्नेमा अाफूहरुकाे अपमान गर्नेगरी व्यवहार गरेकाे अान्दा्लनरत शिक्षकमध्येकी शावित्रा काेईराला वताउँछिन ।