बेलबारी ७ का वडा सचिवलाइ कार्यालयमै कुटे शहरी बिकास कार्यालय बिराटनगरका लेखा अधिकृतले

  • ५ आश्विन २०७५, शुक्रबार

उत्तम पोख्रेल,बेलबारी मोरङ / मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ का वडा सचिब उमेश खनाललाई  शहरी बिकास कार्यालय बिराटनगरका लेखा अधिकृत मदन वहादुर कार्कीले कुटपिट गरेका छन् ।

वडा नम्बर ९ बाट लिनुपर्ने छोराको जन्मदर्ताको प्रतिलिपि लिन बाहुनीस्थित बेलबारी ७ को वडा कार्यालयमा आएका लेखा अधिकृत  कार्कीले वडा सचिवलाई त्यहीँबाट प्रतिलिपी दिन  दबाब दिएका थिए । तर खनालले सम्बन्धित वडा कार्यालयमा गएर प्रतिलिपी लिन आग्रह गरेका थिए । तर कार्कीले  आफ्नो वडामा काम नगरी चर्को घाममा अर्को वडातिर पठाएको भन्दै वडा सचिव खनाललाई  भित्तामा धकेलेर हातपात गरेका थिए । वडा नम्बर  ९ ले गर्ने काम आफुले गर्न नसक्ने  बताएपछि कार्कीले  हातपात गरेको वडा सचिव खनालले बताए ।

आफुमाथि हातपात भएपछि खनालले कार्की विरुद्ध प्रहरीमा उजुरी गरेका थिए । उजुरीका आधारमा ईलाका प्रहरी कार्यालयमा हाजिर भएका कार्कीले आफुले ३८ बर्ष जागीर खाइसकेको धक्कु लगाउदै जुनसुकै वडाको काम एउटै सचिवले गर्न सक्ने लज्जास्पद तर्क गरेका थिए । तर ईलाका प्रहरी कार्यालयमा उपस्थित समाजका भद्रभलाद्मी र प्रहरीले पनि कार्कीलाई नै दोषी ठहर्‍याएपछि उनले पीडित खनालसंग माफी मागेका छन् ।

कार्कीले माफी माग्दै भने “मैले ३८ बर्ष सम्म जागिर खाँदा यस्तो भएको थिएन यसपटक यस्तो भयो माफी मागिदिन्छु नत ।” माफी माग्दा समेत उनले “मागिदिन्छु” भनेपछि केहि वडा सचिवले तपाइले निजामति सेवाको बेईजत गर्नु भयो भन्दै उनको प्रतिकार समेत गरेका थिए । एउटै सचिवबाट सबै वडाको काम गर्न मिल्ने भए तपाई पनि नगरपालिकाको चेक काटिदिनु न त भन्दै वडा सचिव चर्कीएपछि कार्कीले मिल्ने साथी भए जुनसुकै कार्यालयको चेक दिनसक्ने झन्  लज्जास्पद तर्क गरेका थिए  ।
उनले माफी मागेपछि घटना  मिलेको छ तर २० बर्षसम्म कर्मचारीको हातमा देश परेको भन्दै बिरोध भइरहेका बेला एक  जिम्मेवार निजामति कर्मचारीले अर्का कर्मचारीलाई कुटदै बिभिन्न लज्जास्पद तथा गैरजिम्मेवार जवाफ दिएपछि कतिपयले तल्ला तहका कर्मचारीले माथिल्ला तहका यस्ता कर्मचारीबाट के आश गर्ने  प्रश्न गरेका  छन ।
सुरक्षाको घेराभित्रै सरकारी कार्यालयकै कर्मचारीबाट अर्को  सरकारी कार्यालयमा कर्मचारी  कुटिनु  लजास्पद त हुुुँदै हो , त्यसमाथि प्रहरी चौकी बाहुनीको एउटै कम्पाउन्डभित्र रहेको वडा कार्यालयमा वडा  सचिबमाथि सेवाग्रही बनेर आएका सचिव कुटिनुले शान्तिसुरक्षामा समेत प्रश्न उठेको छ ।