ऋण लिएका मोरङका ७ सय भन्दा बढी युवा व्यवशायीले फिर्ता पाए ब्याजको ६० प्रतिशत अनुदान
- ८ कार्तिक २०७५, बिहीबार
बिराटचोक / माेरङकाे सुन्दररहैचा नगरपालिकामा युवा तथा साना व्यवसायी स्वराेजगार काेषको अन्तरक्रिया तथा ब्याज अनुदान वितरण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तरगत युवा व्यवसायी स्वराेजगार कोष, जिल्ला संयाेजन तथा अनुगमन समिति माेरङले अायाेजना गरेकाे कार्यक्रम काे ब्यपस्थापन सहकारी संस्था सम्मन्वय समिति सुन्दररहैचाले गरेको थियोे ।
नेपाल सरकार कानुन मन्त्री भानु भक्त ढकालको प्रमुख अतिथी रहेको कार्यक्रममा कार्यक्रमको सभाध्यक्ष युवा तथा साना व्यवसायी स्वराेजगार काेस का कार्यकारी प्रमुख डा. प्रेम दंगालको रहेको थियो भने विशिष्ट अतिथी मोरङ क्षेत्र नं ३ ख का प्रदेश सांसद राज कुमार ओझाको रहेको थियो । अतिथिमा मोरङ जिल्ला प्रहरी प्रमुख मनोज केसी लगायत विभिन्न सहकारी संघ सस्थाको रहेको थियो ।
कार्यक्रममा मोरङका ८ वटा सहकारी सस्थाका ७०० भन्दा बढी युवा व्यवसायीहरुलाई ४५ लाख व्याज अनुदान वितरण गरिएको थियो । ब्याज अनुुुदान पाउनेमा बिराटनगरको आधुनिक वचत तथा ऋण सहकारी संस्था, वयरवनका रमाईलो वचत तथा ऋण सहकारी संस्था, हात्तिमोडाका ऐक्यवद्धता वचत तथा ऋण सहकारी, उर्लाबारीका नारी सृजना वचत तथा ऋण सहकारी, दुर्गापुरका रुपान्तरण कृषि सहकारी, लेटाङका चेलीबेटी वचत तथा ऋण सहकारी संस्था ,इटहराका कुलझोडा फलफुल तथा तरकारी उत्पादक सहकारी र पथरीको सुगन्धित जडीबुटी उत्पादनक तथा प्रशोधनका शेयर सदस्यहरु छन् । ऋण रकमको व्याजको ६० प्रतिशत रकम अनुदान स्वरुप व्यवसायीहरुलाई नै दिइएको थियो । अधिकांश व्यवसायीहरुले कृषि र व्यापारमा लगानी गरेका छन् ।
युवा तथा साना व्यवसायी स्वराेजगार काेषका कार्यकारी प्रमुख डा. प्रेम दंगालले विदेशिने युवालाई नेपालमा नै स्वरोजगार बनाउने उद्देश्यले संचालन गरेको बताउदै मुलुक भरिका ७७ जिल्ला मध्ये मनाङ र मुस्ताङ बाहेका ७५ जिल्लामा स्वराेजगार कार्यक्रम संचालन गरिएकाे बताउनु भएको थियो ।
उहांले साना व्यवसायीहरुलाई अगाडि बिना धितो २ लाखसम्म कर्जा उपलब्ध गराएको र अब ५ लाख कर्जा उपलब्ध गराउने ब्यवस्था मिलाईने बताउनु भएको थियो । उहाले सहकारी संस्थालाई १ कराेड अनुदान दिने कार्यक्रम रहेको बताउदै प्रधानमन्त्री कृषि अाधुनिकिकरणको बारेमा समेत चर्चा गर्नुभएको थियोे ।
कार्यक्रमको प्रमुख अतिथी रहनु भएको नेपाल सरकार कानुन मन्त्री भानु भक्त ढकालले बेराेजगार युवालाई शैक्षिक याेग्यताकाे प्रमाणपत्र धिताे राखेर ७ लाख उपलब्ध गराउने कार्यक्रम सरकारले संचालन गरेको बताउनु भयो । उहांले बैदेशिक राेजगारलाई निरूत्साहित गर्न सबै लाग्नुपर्ने बताउदै कृषि लाई व्यवसायीक गर्ने लगायतका थुपै याेजना समेतका बारेमा जानकारी दिनुभएको थियाे ।
कार्यक्रममा यस अघि कर्जा लिएर सफल व्यवसायी बनेका युवाहरुलाई व्याज अनुदान प्रमुख अतिथि भानुभक्त ढकालले वितरण गर्नुभएको हाे ।