तीन दर्जन गरिव तथा जेहेन्दार छात्रछात्रालाई प्राबिधिक शिक्षा दिलायो बेलबारी नगरपालिकाले

  • ९ कार्तिक २०७५, शुक्रबार

दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ बेलबारी नगरपालिकाले बिभिन्न बिषयमा  प्राबिधिकहरु पढाउने कार्यक्रम शुरु गरेको छ ।

नगरपालिकाले ३४ जना गरिव तथा जेहेन्दार छात्रछात्राहरुलाई मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारीसँगको सहकार्यमा पढाउन थालेको हो  । नगरपालिकाले सिएमए, अनमी, सिभिल सव ओभरसियर, भेटजेटिए, कृषि डिप्लोमा (वालि बिज्ञान), कृषि डिप्लोमा (पशु बिज्ञान), सामान्य चिकित्सा प्रमाणपत्र तह नर्सिङ्ग, डिप्लोमा ईन सिभिल लगायतका बिषयमा  पठन पाठनका लागि सहयोग गरेको  छ ।

नगरपालिकाले ‘शैक्षिक ऋण उपहार कार्यक्रम’ नै ल्याएर  पठनपाठन गराइरहेको छ । दक्ष जनशक्ति उत्पादन गर्नका लागि बिद्यार्थीहरुको पठनपाठनका लागि  गरेको नगर प्रमुख  ज्ञानेन्द्र सुबेदीले बताए । आर्थिक अभावमा कोही पनि वालवालिका शिक्षाबाट बचित नहुन् भनेर मदन भण्डारी स्मति प्रतिस्ठान नेपाल सँगको सहकार्यमा कोषको स्थापना गरिएको र सो कोषबाट बिपन्न विद्यार्थीलाई अध्ययन गराउन थालिएको  मेयर सुबेदीले बताए ।

सुवेदीका अनुसार पठनपाठनका लागि नगरपालिकाले १० लाखको कोष स्थापना गरेको छ । नगरपालिकाका अनुसार नगरको सिफारीसमा पठन पाठन गर्ने बिद्यार्थीहरुले कोर्स सकिएपछि प्रतिष्ठानमै काम गरेर शैक्षिक ऋण तिर्नुपर्ने छ । वडा कार्यालयले नगरपालिकालाई बिद्यार्थीको पारिवारिक अबस्था शैक्षिक अबस्था सहित सिफारीस गरेपछि नगरपालिकाले प्रतिष्ठानलााई  सिफारिस गरेर पठाउने र सोही आधारमा बिद्यार्थीले पठन पाठन गर्न पाउने जनाइएको छ ।