सहायक सामग्री वितरण गरेर सिवि अार बिराटनगरले मनायाे विश्व अपाङ्गता दिवश
- १७ मंसिर २०७५, सोमबार
केशु विरही, बिराटनगर, माेरङ / विगत लामाे समयदेखि अपाङ्गता भएका व्यक्तिहरुकाे हकहितमा काम गर्दै अाएकाे संस्था सिवि अार विराटनगरले सोमबार अपाङ्ता भएका विभिन्न भव्यक्तिहरुलाई सहायक सामग्री वितरण गरेर विश्व अपाङ्गता दिवश मनाएकाे छ ।
विराटनगरमा रहेकाे सिवि अारकाे कार्यलयमा संचालन गरेकाे कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरेका थिए । वितरित सामग्रीहरु राउण्डटेवल नेपाल नामक संस्थाले प्रयाेजन गरेकाे थियाे ।
साे सहायक सामग्री वितरण कार्यक्रममा संस्थाका अध्यक्ष स्नेहा पाेखरेर, उपाध्यक्ष, विनय अर्जेल, काेषाध्यक्ष पितृभक्त पाेखरेल, प्रवन्धक रन्जना दाहाल, राउन्टेवल नेपालका सम्पादक नविन झुनझुनवाला , राउण्ट टेवलका पाँच नं अध्यक्ष स्वन्त्र नेवटिया, राउण्ड टेवल विराटनगर एरिया संयाेजक रिशव दाहाल लगायतकाे उपस्थिती रहेकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि एवम् सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालले सिवि अारले गरेकाे कार्यक्रमकाे प्रशंसा गर्दै् मन्त्रालय सिवि अारलाई सहयाेग गर्न सधैँ तयार रहेकाे वताए ।
राउण्डटेवलका एरिया संयाेजक रिशव दाहालले अपाङ्गता भएका व्यक्तिलाई सहयाेग गर्न पाएकाेमा खुसी व्यक्त गर्दै सबैलाई सहयाेग गर्न अाग्रह पनि गरे । संस्थाकी अध्यक्ष स्नेहा पाेख्रेलले उपस्थित सबैलाई स्वागत गर्दै सिवि अारकाे वारेमा जानकारी गराएकी थिईन् । कार्यक्रमकाे संचालन प्रवन्धक रन्जना दाहालले गरेकी थिइन् ।