लैंगिक हिंसा विरुद्धको अभियान चलिरहंदा झन् पो बढेछन् हिंसाका घटना

  • २६ मंसिर २०७५, बुधबार

दिपेन्द्र यादव, इनरुवा ।  लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा सुनसरीमा दुई दर्जनभन्दा बढी हिंसाका घटना भएका छन् ।

यो अवधिमा दुई वटा बलात्कार, एउटा बहुविवाह, १२ वटा घरेलु हिंसा र ७ वटा कुटपिट सहित दुई दर्जन हिंसाका घटना भएको प्रहरीले जनाएको छ ।

नोभेम्बर २५ देखि सुरु भएको र १० डिसेम्बरमा सम्पन्न भएको लैगिंक हिंसा विरुद्धको अभियानको अबधिमा ठाडो उजुरीको आधारमा दुई दर्जन हिंसाका घटना भएको देखाएको सुनसरी प्रहरीले जनाएको छ ।