मोडलिङमा छाउँदै केराबारीका राजेश किराँती, उनकै निर्देशनमा बनेको म्युजिक भिडियो सार्वजनिक

  • २८ पुष २०७५, शनिबार

युवराज ठकुरी, केराबारी मोरङ / रुचि,प्रतिभा भएर मात्रै अवसर नआए आफ्नो प्रतिभा प्रस्फुटन गर्न नसकिने रहेछ भन्ने कुराको उदाहरण हेर्न टाढा गइरहनु पर्दैन, गााउँ समाजमै रहेका प्रतिभाहरुबाट थाहा पाउन सकिन्छ।

यस्तै मध्ये अवसरको खोजी गर्दै गरेका मोफसलका नवप्रतिभा हुन् राजेश किराँती। २०५१ सालमा केराबारी-२ सिंहदेवी मोरङमा जन्मिएका किराँतीले आफ्नो पहिलो प्रस्तुति गजलकार तथा गीतकार श्रीमान खजुमको मीठा मीठा सपनाहरू बोलको गीतको म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पाए। पहिलो अभिनयको केही सफलता पछि उनमा मोडलिङ/अभिनय क्षेत्रमा केही गर्ने लक्ष्य
पलाएको बताउछन् ।

अध्ययन सगँसगैँ शिक्षण पेशामा आबद्ध किराँती सानैदेखि गीत, सङ्गीत, साहित्य र अभिनयमा रुचि राख्थें। गजल ,कविता मात्रै सिर्जना गर्ने किराँतीलाई म्युजिक भिडियोमा अभिनय गर्न निक्कै असहज महसुस भएता पनि रमाइलो अनुभव भएको बताउँछन।
बान्किलो अनुहार र मिलेको जिउडालले पनि उनलाई म्युजिक भिडियोमा अभिनय गर्न साथ मिलेको हो।
उनको पहिलो म्युजिक भिडियोको सफलतापछि लगातार गायक उत्तमजङ लिम्बूको स्वर, इन्द्र जित लावतीको शब्द रचना र महेश
खड्काको सङ्गीत रहेको भुल्नु भन्यौ तिमीले नै बोलको गीतको म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाए।
उक्त म्युजिक भिडियोको निर्देशन गोविन्द खजुमले गरेका छन भने कलाकारहरुमा विमला खजुम,चन्द्र लिङ्खा र राजेश किराँतीको
अभिनय रहेको छ।
अहिले नै अभिनयबाट पैसा कमाउन नसकेपनि दर्शक स्रोताको मायाले सन्तुष्टि मिलेको किराँती बताउछन् । सयौं जुनी बोलको  तेस्रो म्युजिक भिडियोमा खुुुसी लिम्बू अनि गोविन्द चेम्जोङको सङ्गीत/स्वर, किराँतीकै मोडेलिङ र निर्देशन  रहेको छ । म्युजिक भिडियोमा अनिला राई वसन्त राउत, श्रीमान खजुम, हिकास राईको छायाङ्कन,  तिलक रिजालको सम्पादन, पुष्पा साम्पाङ राईको मेकअप रहेको छ ।

अबको लक्ष्य अभिनयलाई नै बनाउने सोच बनाएका किराँती लुकेर
रहेका र लोपहुदै गएका संस्कृतिहरु जगेर्ना गर्न बनेका फिल्महरुमा अभिनय गर्ने रहर भएको बताउंछन् ।