दमकमा भेटिए अशोक दर्जीभन्दा पनि ट्यालेण्ट वालक (भिडियो सहित)

  • १६ माघ २०७५, बुधबार



झापाको दमकमा बिक्रम लावती नाम गरेका प्रतिभावान बालक भेटिएका छन् ।

सानो उमेरबाट घर छोडेर आफ्नो काकाको घरमा बस्दै आएका बिक्रमको पारिवारिक अवस्था अत्यन्तै नाजुक छ । बुबा भारतमा काम गर्न गएका छन्  तर उनको कमाईले परिवारको छाक टार्न र सामान्य कपडा लगाऊन धौ धौ पर्छ ।

बिक्रमको एउटा  हात लडेर भाचिएको छ । त्यो हातको उपचार गर्न स्कुल छुट्टी भएपछि सडक सडक गित गाएर हिड्ने गर्छन ।

सबैको मनमा बस्ने जादुमय स्वर भएका बिक्रम एक बर्षदेखि काकाको घरमा बस्दै आएका छन्  । करिब ११ बर्ष पुगेका बिक्रम दिनभरी सडकमा हुन्छन र रात परेपछि कहिले काकाको घर कहिले सडकको पेटीमा नै रात बिताउछंन् । सडकको पेटीमा बसेर गाउँदै मागेको अवस्थामा भेटिएका उनी बिक्रमले सडकमा बसेर अत्यन्तै मार्मिक गित गाउँछन्  ।

सानो उमेर ,च्यातिएका कपडा र धुल्लो मैलो अवस्थामा रहेका बिक्रमलाई सहयोगको अत्यन्तै खाचो छ । यदि उनको प्रतिभा मन पर्यो भने सम्पूर्ण नेपालीहरुले सहयोग गरिदिनु होला ।