जनता माध्यमिक विद्यालयको ५१ औं वार्षिकोत्सव सम्पन्न

  • २१ माघ २०७५, सोमबार

केशु विरही, बेलबारी, माेरङ/ माेरङकाे बेलबारीमा रहेकाे श्री जनता माध्यमिक विद्यालयको ५१ वार्षिकोत्सव सम्पन्न भएको छ ।

माग १९ गते स्वर्ण महाेत्सव २०७४ काे समापन गरेकाे विद्यालयले आइतबार दाेश्राे दिन विशेष कार्यक्रम गरेर अाफ्नाे ५१ वार्षिक उत्सव सम्पन्न गरेकाे हाे ।

प्रदेशसभा सदस्य राजकुमार ओझाकाे प्रमुख आतिथ्यतामा सम्पन्न साे कार्यक्रममा बेलबारी नगरपालिका वार्ड नं २ का वडाध्यक्ष घनश्याम गाैतम, विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष एवम् १ नं वाडाका वडाध्यक्ष चक्रबहादुर खुलाल, नगरपालिकाका शिक्षा शाखा प्रमुख जीवन गड्ताैला, नेकपा नगरसंयाेजक ईरान राई, नेकाका राजकुमार लिम्बू, बेलबारी साना सहरी खानेपानी परियाेजनाका अध्यक्ष महेन्द्र सुवेदी लगायतकाे उपस्थिति थियाे ।

प्रमुख अतिथि एवम् प्रदेश सांसद राजकुमार ओझाले विद्यालयकाे प्रगतिमा अभिभावक, शिक्षक-विद्यार्थी तथा स्थानीयपालिका सबै पक्षकाे उत्तिकै भूमिका रहने वताउँदै प्रदेशसभाकाे तर्फबाट विद्यालयकाे शैक्षिक सुधारमा आफ्नो पूर्ण सहयाेग रहने प्रतिवद्धता जाहेर गरेका थिए ।

बेलबारी नगरपालिका शिक्षा शाखा प्रमुख जीवन गड्ताैलाले विद्यालयले अब गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा लाग्नु पर्ने वताए ।

समाजसेवी एवम् नेपाली काङ्ग्रेसका महासमिति सदस्य राजकुमार लिम्बूले रु १ लाख १५ हजार रकम सहयाेगकाे घाेषणा गर्दै विद्यालयलाई उच्च शिक्षा संचालनमा सधैँ सहयाेग रहने वताए ।

प्रधानाध्यापक शम्भुप्रसाद खनालले विद्यालयकाे वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । आइतबार नै स्वर्ण महाेत्सव स्मारिकाकाे लाेकार्पण तथा विद्यालयमा संचालित ई लर्निङ कक्षाकाे प्रमुख अतिथि माननीय प्रदेशसभा सांसद राजकुमार ओझाले उद्घाटन गरेका थिए ।

साे अवसरमा नेकाका राजकुमार लिम्बू, बेलबारी नगरपालिका २ नं वडाध्यक्ष एवम् शिक्षा समिति सदस्य घनश्याम गाैतम, बुद्ध मावि केरावारी ९ का प्र. अ. खगेन्द्रप्रसाद सुवेदी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयकाे ५१ औं वार्षिक उत्सवकाे अवसरमा वार्षिक परीक्षामा उत्कृष्ठ अंक ल्याउने छात्र छात्रालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएकाे थियाे । त्यसैगरी वर्षभरिमा उत्कृष्ठ सेवा प्रदान गर्ने एकजना शिक्षक वर्ष शिक्षक सम्मान तथा एक जना कर्मचारीलाई पनि सम्मान गरिएकाे थियाे ।