लेटाङमा ७० वर्षिया वृद्धामाथि निर्घात कुटपिट, दुइजना पक्राउ
- २७ चैत्र २०७५, बुधबार
मोरङको लेटाङ नगरपालिका वडा नं. ३ निवासी ७० वर्षिय दलित वृद्धा विभा रसाईलीलाई आफ्नै छिमेकीहरुले मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।
चैत्र २० गते बुधबार अपरान्ह ५ बजे तिर महिलामाथि कुटपिट गरिएको भए पनि कुटपिट गर्नेले माफी माग्न र उपचार खर्च ब्यहोर्न नमानेन्नाले एक हप्तापछि घटना बाहिर आएको हो । छिमेकीबिच भएको घटना आपसमा मिलाउन खोजेको तर कुटपिट गर्नेहरूले दलितसँग आफुहरुले माफी नमाग्ने र औषधि उपचार पनि नगर्ने बरु कानुन बमोजिमको सजाय भोग्नेे घमण्ड गरेपछि मात्र प्रहरीमा उजुरी गर्दै घटना सञ्चार माध्यममा पनि ल्याएको पिडितका भाइ दिपेन्द्रले बताए ।
स्थानीय ५० वर्षिय तारादेवी श्रेष्ठ र उनकी २७ वर्षिय रेनुका श्रेष्ठले परिवारको एक वालकलाई कुटेको निहुँमा रसाइलीमाथि कुटपिट गरेको बताइएको छ । एक छिमेकीले नानी कुटेको भनी पोल सुनाएपछि एक्कासि आमा छोरी आएर लात्ति, मुड्किले प्रहार गरी मरणासन्न हुनेगरी कुटपिट गरेको स्थानिय अनोज वि. क.ले वताए ।
कुटपिटबाट वृद्धाको आँखा, टाउको, अनुहार, शरीरका विभिन्न भाग छाति, पिठ्यु र ढाडमा निल डाम सहितको चोट देखिएको छ वास्तविक रिपोट भने आईनसकेको जनाईएको छ ।
पिडित को अहिले सम्म विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भैरहेको छ । शरिरका विभिन्न ठाउँमा निकै ठुला ठुला निल डाम देखिएकोले उनलाई के भएको छ, उपचारमा कति समय लाग्ने हो यसै भन्न नसकिने ईलाका प्रहरी कार्यलय लेटाङका सहायक प्रहरी निरिक्षक दिपक कटुवालले जनाएका छन् ।
घटनापछि लगत्तै नियन्त्रणमा लिइएका पिडक आमा छोरीलाई पिडितको विष्तृत विवरण नआएसम्म म्याद थप गर्दै प्रहरी हिरासतमा नै राखिनेछ ।