जताततै सरसफाइ अभियान चलाउँदै बेलबारी नगरपालिका, बन्नेभो प्लास्टिक झोला निषेधित नगर

  • ३१ बैशाख २०७६, मंगलवार

केशु विरही, बेलबारी, माेरङ/ नगरवासीलाई सरसफाई र त्यसकाे प्रभावकाे वारेमा जानकारी दिंँदै नगरलाई प्लाष्टिक झाेलामुक्त वनाउने उद्देश्यले बेलबारी नगरपालिकाले नगरका विभिन्न वडाहरु सरसफाई अभियान तीब्र पारेको छ ।

साेहि क्रममा बेलबारी नगरपालिका वार्ड नं २ काे अायाेजनामा अाज वडाभित्र रहेकाे लाेकमार्ग, चाेक, बजार तथा विभिन्न स्थानमा सरसफाई अभियान संचालन गरेकाे छ ।

लालभित्ती चाेकबाट सुरु भएकाे सफाई अभियान लालभित्ती चाेक, कविर मावि, कविर मन्दिर, शुक्रबारे हटिया, थापाचाेक लगायतका अासपासका क्षेत्रहरुमा संचालन गरेकाे थियाे ।

नगरपालिकाले अायाेजना गरेकाे सफाई अभियानमा स्वतस्फुर्त रुपमा स्थानीयले सहभागिता जनाएका छन्  । साे सरसफाई कार्यक्रममा वृद्धवृद्धादेखि लिएर ससाना बालबालिकाहरुले पनि सहभागिता जनाएका थिए ।

नगरपालिकाले नगरलाई प्लाटिक झाेलामुक्त वनाउने याेजना अनुसार प्रत्येक टाेललमा सरसफाई संचालन गरिएकाे बेलबारी नगरपालिकाकी कार्यपालिका सदश्य खिना थापाले वताईन ।

त्यसाे पछिल्ला समयमा विभिन्न संघ संस्थाकाे अगुवाईमा यस्ता सरसफाईका कार्यक्रम हुने गरेका छन् । तर ती संघ संस्थाले अभियानकाे रुपमा काम गर्ने तर त्यसकाेाे निरन्तरता हुन नसक्दा त्यस्ता कार्यक्रमहरु प्रभावहिन हुने गरेका छन् ।

अभियानकाे रुपमा मात्र नभएर यस्ता कार्यक्रमलाई नियमित रुपमा संचालन हुनुपर्ने एकथरिकाे मत छ भने अर्काथरिका मानिसहरु भने एक दिन सफाई अभियान चलाएर नगर सफा राख्न नसक्ने हुनाले सराेकारवालालाई जवाफदेही वनाउनु पर्ने वताउछन् ।