एउटै नगरको बेलबारीलाई हराँउदै पाथीभरा गोल्डकपको सेमिफाईनलमा पुग्यो डाँगीहाट

  • १ भाद्र २०७६, आईतवार

फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै डाँगीहाटले सेमिफाईनलमा आफ्नो स्थान बनाएको हो ।

खेलको ३३ औँ मिनेटमा टिम कप्तान विक्रम लिम्बूले गरेको गोल नै सेमिफाईनल प्रवेशका लागि प्रयाप्त बन्यो । आईतबारको खेलमा म्यान अफ दि म्याच डाँगीहाट क्लबका अरुण लिम्बू घोषित भएकाछन् । उनले नगद ५ हजार प्राप्त गरे । खेलमा आफ्ना खेलाडीले उत्कृष्ट प्रर्दशन गर्दा गर्दै पनि हार बहोर्नु परेको पराजित टिमका प्रशिक्षक सुनिल पोखरेलले बताएकाछन् । आफूहरु पराजित बने पनि नयाँ र कम अनुभव भएका आफ्ना खेलाडीको  प्रर्दशनले भने आफू सन्तुष्ट बनेको उनको प्रतिकृया छ ।

सोमबार हुने खेलमा भने एलाभेन एरोज सुनसरी र यु.के.एफ.सि दार्जेलिङ भारतबीच प्रतिस्पर्धा हुने छ । पहिलो चरणका खेल मंगलबार सकिनेछन् । यस अघि फिदिङ स्पोर्टिङ क्लब पाँचथरलाई पराजित गर्दै ईलामको रेडहर्ष सेमिफाईनलमा प्रवेश गरेको छ । विहिबारदेखि जारी प्रतियोगिता भदौ ६ गते सकिने छ ।

लाखेजात्राका अवसरमा लाखेजात्रा खेल सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतको समेत गरि १० टिम सहभागिछन् । प्रतियोगिताको बिजेतालाई नगद ३ लाख ११ हजार सहित ट्रफि प्रदान गरिने छ । उपबिजेतालाई १ लाख ५१ हजार नगद सहित ट्रफि दिईने छ । – रेडियो ताप्लेजुङको सहयोगमा