सहारा बिक्री काण्डविरुद्ध बेलबारी नपामा उजुरी, सर्बदलीय छानबिन समिति गठनको पनि माग
- ११ भाद्र २०७६, बुधबार
सहाराकाे विषयलाई स्थानीयहरु आन्दाेलित भइरहेकाे वेलामा बुधबार अपरान्ह युवा जागरण अभियान नेपालले दाेसीलाई हदैसम्म कारबाहीको माग राख्दै बेलबारी नगरपालिकामा उजुरी दिएको छ ।
युवा जागरण अभियान नेपालका अध्यक्ष सुजित बस्नेतकाे नेतृत्वमा नगरपालिका पुगेको संस्थाका सचिव हरि गुरुङ, काेषाध्यक्ष जनक लिम्बू लगायत अन्य युवाहरुकाे टिमले उपप्रमुख ढाकाकुमारी पराजुलीसमक्ष उजुरी दिएको हो । उजुरीमा जग्गा बिक्रीमा संलग्नहरुलाइ कडाभन्दा कडा कार्वाहीकाे माग गरिएको छ ।
उजुरी वुझ्दै उपप्रमुख पराजुलीले आफू सार्वजनिक सम्पत्ति फिर्ता हुनेपर्छ भन्ने पक्षमा रहेकाे भन्दै यसै विषयलाई लिएर विहिबार नगरकार्यपालिकाका बैठक बोलाइएको जानकारी दिइन् । बैठकले उचित निर्णय लिने उनले वताईन् ।
स्मरणीय रहोस् सहाराको जग्गा बिक्री काण्डबारे नेकपा बेलबारी २ नं वडा संयन्त्र, नेकपा नगर कमिटी, नेपाली कांग्रेस बेलबारी र समाजबादी पार्टी बेलबारीले बिरोध गर्दै संलग्नलाई कारबाहीको माग गरेका छन् ।
सर्बदलीय छानबिन समिति गठनको माग
कांग्रेस र समाजबादी पार्टीले सर्वदलीय छानबिन समिति बनाउन माग गरेका छन् । नेकपा बेलबारीले सचिब रविन थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । जग्गा बेचबिखनमा संलग्न भनिएका नन्दराज गिरी पनि छानबिन समितिमा परेपछि समिति नै बिबादित बनेको छ । जग्गा बिक्री काण्डपछि सहाराको क्षेत्रमा बसिरहेकाहरुले पुर्व सांसद हर्कमान तामाङ, पुर्व गाबिस अध्यक्ष शिव बराल लगायत प्रताप थापा, लक्ष्मण थापा, नन्दराज गिरी लगायतको नाम लिएका भएपनि प्रतापले सो आरोप अस्विकार गर्दै आएका छन् ।
![](https://samyantramedia.com/wp-content/uploads/2023/02/Belbari-nagar-hospital-copy-copy-scaled.jpg)
![](https://samyantramedia.com/wp-content/uploads/2023/02/Belbari-nagar-hospital-copy-copy-scaled.jpg)