सुन्दरहरैंचा सिङ्गिङ आइडल २०७६ को अडिसन सुरु, पहिलो अडिसनबाट ५१ जना छनौट

  • १४ भाद्र २०७६, शनिबार

“सुन्दरहरैंचा सिङ्गिङ आइडल – २०७६” को अडिसन सुरु भएको छ ।

शुक्रवार सुन्दरहरैचा वाड नं. ८ स्थित जुपिटर बोर्डिङ स्कुल, गछियामा पहिलो चरणको अडिसन भएको हो ।
पहिलो दिनको अडिसनमा ८५ प्रतियोगीहरूको सहभागिता रहेको थियो । सहभागी प्रतियोगीहरू मध्ये पहिलो अडिसनबाट ५१ जना छनोट भएका छन् । प्रतियोगीहरूले लोक, आधुनिक, पप सबै प्रकारका गीत गाएका थिए ।
अडिसनका निर्णयकहरु संगित कर्मी बिम बस्नेत, बिम रसाइली, यमुना पराजुली र गोकुल न्यैपाने रहेका छन ।
दोस्रो अडिसन १४ गते शनिवार सिद्धार्थ बोर्डिङ स्कुल, खोर्सानमा विहान ११ बजे देखी सुरु हुने सुन्दरहरैंचा सांस्कृतिक परिवारका अध्यक्ष आनन्द बस्नेतले जनाएका छन् ।
विजेतालाई रु.१५ हजार, सहविजेतालाई रु.१५ हजार र उपविजेता लाई रु.१० हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएका छन् ।