बेलबारीका मेयर भन्छन् – ‘सामुदायिक विद्यालयमा विद्यार्थी फेल भए क्षतिपूर्ति दिन्छौं’

आधा करोडमा बनेको लक्ष्मी माविको भवन उद्घाटन,

  • ८ माघ २०७६, बुधबार

बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले सामुदायिक बिद्यालयमा अध्ययन  गर्ने बिद्यार्थीहरु कमजोर भए त्यसको क्षतिपुर्ति नगरपालिकाले तिर्ने बताएका  बताएका छन् ।

मोरङको बेलबारी ११ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालयको नवनिर्मित भवनको उद्घाटन तथा शिलालेखको अनावरण कार्यक्रममा उनलेे त्यसो भनेका हुन्  । उनले मंगलबार एक कार्यक्रमविच भवन तथा शिलालेख उद्घाटन गरेका छन् ।

भवनको उद्घाटन गर्दै मेयर सुवेदीले सामुदायिक बिद्यालयमा अध्ययन  गर्ने बिद्यार्थीहरु कमजोर भए त्यसको क्षतिपुर्ति नगरपालिकाले तिर्नेगरी पठन पाठनमा सुधार थालिएको बताए । आगमी शैक्षिक सत्रदेखि अविभावकसँग सम्झौता नै गरेर पठन पाठन गर्ने बताउँदै सुवेदीले भने ” विद्यार्थीले कस्तो पढ्ने लक्ष्य प्रस्तुत गर्छन्, त्यहि अनुसारको पठन पाठन हुन्छ नभए हामी अविभावकलाई क्षतिपुर्ति नै गर्छौ ।

कूल ४९ लाख लागतमा चार कोठा भएको स्कुलको २ तले भवनका लागि  नगरपालिकाले ३५ लाख सहयोग गरेको थियो भने लक्ष्मी माध्यमिक बिद्यालयबाट १४ लाख लगानी भएको थियो ।
उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाका शिक्षा शाखाका प्रमुख भुपेन्द्र कोईरालाले सामुदायिक बिद्यालयप्रति आकर्षण बढ्न थालेको बताए । उनले सामुदायिक बिद्यालयहरुले आयमुलक शिक्षामा जोड दिनुपर्ने समेत बताए । अविभावकहरुले साथ दिए बेलबारीको पठन पाठन सुधार हुने वडा नम्बर ११ का वडाध्यक्ष राजन पोख्रेलले बताए । कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गर्भराज राईको अध्यक्षतामा भएको थियो ।

उक्त कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले विभिन्न बिज्ञान प्रदर्शनी समेत गरेका थिए ।

सोही कार्यक्रममा बेलबारीको ११ नम्बर वडाले  कक्षा १ देखि ३ सम्मका बिद्यार्थीहरुलाई झोला वितरण गरेको छ ।