इटहरीमा सयभन्दा बढी स्वास्थ्यकर्मीले वेलायतका डक्टरबाट लिए कोरोनाको प्रशिक्षण

  • २३ चैत्र २०७६, आईतवार

वेलायतका डक्टरहरुले इटहरी लगायत विभिन्न क्षेत्रका सयभन्दा बढी स्वास्थ्यकर्मी तथा अभियन्ताहरुलाइ भर्चुअल प्रशिक्षण दिएका छन्  ।

इटहरी उपमहानगरको पहलमा कोभिड १९ का वारेमा वेलायतका डक्टरहरुको समूह रेप्सिनद्धारा भर्चुअल सम्मेलन गरिएको हो ।  सम्मेलनमा भिडियो कन्फ्रेन्सको माध्यमद्धारा इटहरी लगायत देशका विभिन्न ठाँउका सय वढी स्वास्थ्यकर्मी तथा अभियन्ताहरुलाई प्रशिक्षण प्रदान गरिएको छ ।
वेलायतका विज्ञ डाक्टरहरु प्रकाश सुवेदी,नउसाद खान,प्रकाश रिजाल,दिलिप कुमार यादव र वद्रि सुवेदीले कोभिड १९ संक्रमण र उपचारमा स्वास्थ्यकर्मीहरुले ध्यान दिनुपर्ने कुराहरुका वारेमा सहजिकरण गरेको सम्मेलनका अध्यक्ष राजुकेजीले जानकारी दिए।

वेलायतमा कार्यरत डक्टरहरुले घरवाहिर ननिस्कनु र घरमा पनि दुरी कायम गरेर वस्न सुझाव दिएका छन् ।

इटहरी उप महानगरपलिका प्रमुख द्वारिकालाल चौधरीले यो सम्मेलन निक्कै प्रभावकारी हुने बताए । इटहरीकै उपप्रमख लक्ष्मी गौतमले कोभिड १९ नियन्त्रणमा स्थानीय तहले खेल्ने भूमिका महत्त्वपूर्ण हुने बताइन् ।

लकडाउनका वेला प्रविधिको प्रयोग गरेर स्थानीयतहरुमा गरिएको यो स्तरको सम्मेलन सम्भवत यो नै पहिलो हो । जुम क्लाउड एप मार्फत सम्मेलन इटहरी अस्पतालका स्वास्थ्यकर्मी रामकुमार धमलाले संचालन गरेका थिए ।