घर घरमा राहत पुर्याउदै बेलबारी नगरपालिका, एकैदिन १ हजार ७ सय ६२ परिवारले पाए राहत सामग्री
नगरपालिकाको विपत व्यवस्थापन काेषमा जम्मा भो ४२ लाख
- २३ चैत्र २०७६, आईतवार
केशु विरही, बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले लकडाउनका कारणले हातमुख जाेर्न समेत धाैधाै परिरहेका जनतालाई राहत वितरण शुरु गरेको छ ।
बेलबारी नगरपालिकाका ६ वटा वडाहरुबाट आइतबार राहत बितरण सुरु गरिएकाे हो । आइतबार वार्ड नं २, ३, ६, ७, १० र ११ मा राहत वितरण गरिएको छ । आइतवार साढे १७ सय भन्दा वढी परिवारलाई राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ । ६ वटा वडाका १७ सय ६२ परिवारलाई राहत सामग्री वडा कार्यालय मार्फत जनताको घर घरमा पठाइएको बेलबारी नगरपालिकका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।
नगरपालिकाले ४ जनासम्मको परिवारलाई १५ किलो चामल, १ किलो दाहाल, १ किलो नुन र एक डल्ला साबुन वितरण गरेको छ । त्यसैगरी ४ जना भन्दा वढीको परिवारलाई २५ किलो चामल, डेढ किलो दाहाल, १ किलो नुन, र एक डल्ला साबुन दिएको छ । वार्ड नम्बबर १, ४,५,८ र ९ मा सोमबार राहत वितरण गरीने नगरपालिका उपप्रमुख ढाका कुमारी पराजुलीले बताईन् ।
राहात वितरणमा उपप्रमुख ढाकाकुमारी पराजुली, प्रमुख प्रसाशकीय अधिकृत प्रदिप शाह, नगर प्रवक्ता याेगेन्द्र सुवेदी, ईलाका प्रहरी कार्यालयका प्रमुख गुणराज वुढाथाेकी, शसस्त्र प्रहरी बल लक्ष्मीमार्गका प्रमुख चेतन बाराकाेटी सुरक्षा तथा नगरस्तरीय सर्पक्षीय समितिका सदश्यहरु तथा संचारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।
नगरपालिकाले वितरण गर्ने राहतलाई टाेल विकास संस्था मार्फत नामावली छनाैट गरिएकाे हुनाले राहत लक्षित वर्गमा पुग्नेमा आफू आशावादी रहेकाे नेकपा नगरसंयाेजक एवम नगरस्तरीय सर्वपक्षीय समितिका सदस्य पर्शुराम सुवेदीले बताए ।
नगरपालिकाको विपत व्यवस्थापन काेषमा जम्मा भो ४२ लाख
नगरपालिकाले विपत व्यवस्थापन काेषकाे स्थापना गरेर नगरको तर्फबाट रु १५ लाख जम्मा गरेकाे थियाे । नगरपालिकाकाे याे विपत व्यवस्थापन काेषमा आइतबार सम्ममा ४२ लाखभन्दा वढी रकम संकलन भइ सकेको उपमेयर ढाकाकुमारी पराजुलीले जानकारी दिइन् ।
व्यक्तिगत तथा संघसंस्थामार्फत आफू खुसी राहत वाढ्दा दाेहाेरिने, पहुचका भरमा मानिसले राहत पाउन सक्ने संभावना वढेकाे भन्दै नगरपालिकाले एकद्वार प्रणालीमार्फत राहत वितरण गरिरहेकाे छ ।
राहतलाई व्यवस्थित गर्न नगरपालिकामा सर्वपक्षीय समितिकाे निर्माण गरेकाे थियाे । कोरोना रोग रोकथाम बेलबारी नगर समन्वय समितिको शनिवार बेलबारी नगरपालिकमा बसेको बैठकले आइतवार बिहानदेखि राहत वितरण गर्ने निर्णय गरेको थियो । नगरपालिकाकाे टिम सहित याे सर्वपक्षीय समन्वय समितिका सदस्य समेत राहत वितरणमा पुरा दिन जुटेका थिए ।
राहतलाई प्रचारको माध्यम नबनाउन निर्देशन
राहतका नाममा जनतालाई आहत पार्ने काम नगर्न नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताएका छन् ।
बेलबारी नगरका वडा वडामा पुगेर वार्ड समितिलाई निर्देसन दिने क्रममा उनले साे कुरा बताएका हुन् । नगरवासीलाई यस्ताे विषम परिस्थितमा अनुसाशित भएर अघि वढ्न समेत मेयर सुवेदीले आग्रह गरे । वाड वाडमा पुगेर वाड समितिलाई राहात सामग्री हस्तान्तरण गर्दै उनले राहात पाउनु पर्ने कुनै पनि नगरवासीलाई नछुटाउन आग्रह समेत गरे ।
राहत भन्दा फेसवुकमा फाेटा हाल्न लालायित व्यक्तिप्रति लक्षित गर्दै मेयर सुवेदीले राहत सामग्री वितरणलाई प्रचारवाचीकाे माध्यम नवनाउन सचेत समेत गराएका छन् ।
सरकारले लकडाउनलाई थप कडाईरहेका परिप्रेक्षमा राहत वांँढ्दा भिडभाड नहाेस् भनेर गाडीकाे रुट मिलाएर घरघरमा राहत पुर्याउने व्यवस्था गरिएकाे नगरप्रमुख सुवेदीले वताए ।