धनकुटामा उत्पादित तरकारी सहजै निर्यात भएपछि छिमेकी जिल्लाबासीले पाउन थाले ताजा सब्जी

  • १३ बैशाख २०७७, शनिबार

धनकुटामा उत्पादित ताजा हरियो तरकारीहरु धनकुटा उद्योग बाणिज्य संघ र स्थानीय तहको समन्यममा छिमेकी जिल्लाहरुका बजारहरुमा सहज रुपमा निर्यात हुन थालेको छ ।

धनकुटामा उत्पादिन हरियो ताजा तकारीहरु लड डाउनको कारण वाहिर निर्यात हुन छोडेर कृषकहरुको बारीमा नै कुहिन थालेपछि धनकुटा उद्योग बाणिज्य संघको समन्वय तथा पहलमा, स्थानीय तहहरु र स्थानीय प्रशासनको सहयोगमा जिल्लाका बजार र वाहिरी जिल्लाहरुमा निर्यात हुन थालेको हो ।

लक डाउनका कारण तरकारी निर्यात गर्न समस्या भएपछि धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा धनकुटा नगरपालिका, छथरजोरपाटी गाउपालिका लगायतका स्थानीय तहरुको सहयोगमा  प्रहरी प्रशासनको सहयोगमा धनकुटामा उत्पादित ताजा हरियो तरकारीहरु स्थानीय बजार र छिमिकी जिल्लाका बजारहरुमा सहज रुपमा निर्यात हुन थालेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए ।
छिमेकी जिल्ला तथा नगर उद्योग बाणिज्य संघको समन्वय र त्यस क्षेत्रका तरकारी व्यापारीहरुको समन्वय तथा सब्जी मण्डप संचालकहरुसंग समन्वय गरी धनकुटामा उत्पादिन तरकारीहरु निर्यात हुन थालेकोपछि स्थानीय कृषकहरु लाभान्वित भएका छन् ।

विशेष गरी धनकुटाको छथरजोरपाटीको सिधुवा,जोरपाटी,परेवादिन र मूर्तिढुंगा, मारेककटहरे लगायतका क्षेत्रमा उत्पादिन तरकारीहरु धनकुटा जिल्लाको स्थानीय बजार धनकुटा, हिले, मुलघाट लगायतका विभिन्न बजारहरुमा र छिमेकी जिल्लाका धरान, इटहरी, इनरुवा, दमक,बिर्तामोड, विराटनगर र पश्चिम तर्फ विरगंञ्ज सम्मका बजाहरुमा सहज रुपमा निर्यात हुन थालेको धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले वताए ।
धनकुटाको सिधुवा बजारबाट मात्र अहिले दैनिक १० देखि १५ गाडी ताजा हरियो तरकारी वाहिरी जिल्ला तर्फ निर्यात हुन थालेको  सिधुवा बहुदेश्यिय सहकारी संस्थाका व्यवस्थापक मगेन्द्र गुरुङले बताए ।

लक डाउनअघि दैनिक ५० भन्दा बढी गाडीहरुबाट तराईका विभिन्न जिल्लाहरुका साथै छिमेकी जिल्ला भारत, बंगादेशमा उक्त सहकारी संस्थाबाट निर्यात हुने गरेको गुरुङले बताए ।

त्यस्तै मोरङका तरकारी ब्यापारी अशोक ठाकुरले पनि एक दुई दिनयता धनकुटाबाट तरकारी निर्यात सहज भएपछि छिटो र ताजा सागसब्जी आउन थालेको बताए ।