सुन्दरहरैंचामा सामाजिक संघ संस्थाहरुले गरे रक्तदान कार्यक्रम, ६२ प्रिन्ट रगत संकलन

  • १८ बैशाख २०७७, बिहीबार

कोरोना भाइरसको त्रासमा लगाइएको लकडाउनका कारण रक्तदान रोकिएर रगत अभाव हुन थालेको बेला मोरङ सुदरहरैंंचामा भएको   रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रमहरु हुन छोडेको अबस्थाम आवश्यक पर्ने विरामीहरुलाई रगत अभाव नहोस् र त्यसकै कारण कसैले ज्यान गुमाउनु नपरोस भनेर लायन्स क्लव अफ बाँसबारी, अमर ज्योति युवा क्लव , अमर ज्योति टोल विकास संस्था र बाँसबारी भजन समुहको सहकार्यमा को रक्तदान कार्यक्रम  गरिएकोहो ।

कोरोना भाइरसको संत्रास फैलिरहेको समयमा रगत अभाव नहोस् र रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको आयोजक लायन्स क्लव अफ बाँसबारीकी अध्यक्ष सञ्जु शिवाकोटीले वताइन् ।

नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानले प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा  सुरक्षाकर्मीहरुले समेत रक्तदान गरेका थिए ।