‘लगानीकर्ता जोडीए लाखौंलाई स्वरोजगार बनाउन सक्छु’: युवा उद्यमी सम्राट

  • २७ भाद्र २०७९, सोमबार

सफलता केलाई मान्ने सफलता मापन कसरि गर्ने ? सुनाउन लायक कथाहरु त्यसै बन्दैनन् कथाहरु बन्नका लागि पात्र चाहिन्छ । हाराहारी ७ अर्ब जनसंख्यामा हरेक पात्रको आफ्नै कथा छ, कति लेखिन्छन कति लेखिदैनन कति सुनाउन लायक हुन्छन त कति सुनाउन लायक हुँदैनन त्यहि भीडमा सुनाउन लायक कथा बनाउँदै उदाउने एउटा नाम हो युवा उद्यमी सम्राट थापा ।

प्रदेश १ को पहाडी जिल्ला तेह्रथुमको भित्रि गाउँमा हुर्किएका सम्राट अहिले नेपाल इन्फोका व्यावसाय बिकास प्रमुख, ‘एभरेष्ट पोलेसी इन्स्टिच्युटका डाइरेक्टर, ‘सहयोगी पसलका प्रमुख र विभन्न सामाजिक कार्यमा सक्रिय छन । सानो उमेरमा घर छाडेर आफ्नै साम्राज्य र कथा बनाउँछु भन्ने थापाको संघर्ष कम्ता प्रेरणादायी छैन !

१७ बर्षको उमेरमा सामाजिक संस्था सेभ ह्युमन एण्ड ह्युमानिटिसुरु गर्दै त्यही उमेरमा युथ फर ब्लडको सुनसरी अध्यक्ष १९ बर्षमा मिडिया हाउस सन्चालक भएका सम्राटले अहिले काठमाडौं, बुटवल, नेपालगन्ज, इलाम, पथरी, बिराटनगरमा आफ्नो कम्पनिको शाखा बिस्तार गरेका छन भनी लकडाउन हुँदा समेत सहयोगी पसलनामक अनलाइन पसल संचालन गरी सेवा प्रदान गर्दै आई रहेका छन थापाका अनुसार अप्ठ्यारो परिस्थितिसँग भाग्ने होइन सामना गरेर त्यसलाई अवसरमा परिणत गर्ने हो ।

नेपालमा धेरै समाजसेवी छन् जस्ले सामाजिक सेवा र धर्मका लागि लाखौ करोडौ दान गर्छन तर अहिले देशलाई त्यस्तो समाजसेवी चाहिएको छ जसले युवामा लागनी गर्ने लगानीकर्ता बन्न सकोस् । लगानीकर्ता भए लाखौंलाई स्वरोजगार बनाउन सक्ने दावा समेत थापाको रहेको छ । नेपाल इम्फो, उधमी दीदि, आइडीयालय, सहयोगी पसल जस्ता अरु थुप्रै योजनाका लागि लगानीकर्ता पर्खिएर बसेका थापा २०७३ सालमा तेह्रथुमबाट इटहरी आएका हुन, इटहरी आएर कुटुम्ब व्वाइज होस्टलमा तरकारी ल्याउने र बिल इन्ट्री गर्ने थापा बिस्तारै सामाजिक तथा व्यावसायिक रुपमा आगाडी बढे ।

अफिसबाट राति १० बजे इटहरी चोकमा चाट खाएर कोठा पुग्दा घरबेटीले गेट नखोल्दिंदा धेरै दिन गोरखा गल्लिमा रात बिताएको तितो यथार्थ सुनाउछन् थापा । कहिले ग्याँस त कहिले चामल सकिएर दुःख सहँदै हिम्मतका साथ आगाडी बढेका थापाको व्यावसायिक सुरुवात झनै रोचक छ । दिमाग र पेपर भरि योजना बोकेर लगानी खोज्न भौतारिंदा अनि घन्टौ योजनाहरु सुनाएर खिस्स परि फर्किएको, कहिलेकाँही यो सब छाडेर विदेश जाने योजना बुन्दै कोठा पुगेको बिहान उठ्दा उही जोशका साथ् फेरी सम्भावना बटुल्दै हिंडेको त कतै एक वर्षमा डबल हुन्छ जग्गामा लगानी गरे हुन्छभन्नेहरुको, लगानी पाउन ग्यारेन्टी बस्ने एकजना पनि अगाडी नहुँदाको दुःख र आज त्यही दुःखले आर्जन गरेको चिनजान र व्यापारको कम्बिनेशन बडो सुन्दर देखिन्छ ।

नेपाल इन्फो देशका ४०० वटा स्थानीय तहमा संचालन गर्न सकिने व्यावसायिक योजना हो र यो अगाडी पनि बढिरहेको छ । उनि भन्छन्, “युवानै देश परिवर्तन गर्ने औजार हुन् औजारमा धार लगाउन सबैले युवामा लागनी गर्नुपर्छ जसले गर्दा देश आर्थिक रुपमा समृद्ध हुनसक्छ । २०७३ सालमा इटहरीका सामाजिक अभियानकर्मी किप इटहरी क्लीनका अभियान्ता दिब्यराज गुरुङसँग भेट भयो । गुरुङले उधोग बाणिज्य संघ, इटहरीका वर्तमान वरिष्ठ उपाध्यक्ष दिवस पोखरेलसँग मिलेर संचालनमा ल्याउनुभएको शब्दशक्ति मिडिया प्रा.लि.संचालन गर्दा त्यो बेला मलाई पत्रकार दाईहरुले लगानी गर्ने बाहेक अन्य मानिसको विज्ञापन आउँदैन होलाभनेर गिज्याउथे । आज आफै ३ बर्ष पछी अनलाइन संचालन गरिरहेका छन् । अहिले थाहा हुँदै छ म वहाँहरुभन्दा ३ बर्ष अगाडी रहेछु । महात्मा गान्धीको भनाई छ, “पहिले वास्ता गर्दैनन्, त्यस पछी हाँस्छन अनि लडाउन खोज्छन त्यस पछि तपाईले जित्नुहुन्छमैले त्यही भनाईलाई आत्मासात गर्दै यहाँसम्म आएँ अझै धेरै गर्नुछ । सुरुमा व्यावसाय सुरु गर्दा ऋण लिएर तिर्न नसक्दा गालि तथा नराम्रा शब्द सुन्नुपर्थ्यो, अहिले नि उस्तै छ । सबैले सबैको सपनाको इज्जत गर्न सक्दैनन र गर्दैनन पनि त्यही हिम्मतले सबैकुरा जित्दै अगाडी बढ्न सक्नुपर्छ ।

संघर्ष का कुरा सुनाउदै गर्दा सम्राट भावुक हुन्छन् । कक्षा १२ सकेर बिराटनगरबाट तेह्रथुम फर्किएको म घरबाट डाक्टर बन्नका लागि आमाबुबा ले भनी रहे एसो त उच्च शिक्षाका लागि विदेश पठाउनका लागि पनि धेरै कोशीस भयो तर नेपालमा केहि गर्ने हिम्मतले त्यताको बाटो रोजेन तर के गर्ने भन्ने टुङ्गो उनलाई नि थाहा थिएन छोरो डाक्टर अनि विदेश नजाने भए पछी बुबाले नेपाल प्रहरी बन्नका लागि नत्र गाउँमै शिक्षक बन्नका लागि दिन रात अनुरोध गर्न थाले पछी बाध्य भएर आफुले नेपाल प्रहरीको फारम भरेको र प्रहरी बन्नका लागि कम्प्यूटर सिक्दा विशेष सुबिधा पाउने भनेर आमालाई भने पछी फेरी इटहरी आएर कम्प्यूटर सिक्न थालेको बताउँछन् तर कम्प्यूटरमा दक्षता हासिल गरी प्रहरीको जागिर भन्दा सामाजिक काम बढी रुची राख्ने सम्राट त्यही समय युथ फर ब्लडका सुनसरी अध्यक्ष भए । असार १९ गते बुबाको फोन आउँदा उनि उनि इटहरीको सरसफाई कार्यक्रममा ब्यस्त थिए फोन उठाए पछि थाहा भयो प्रहरीको लागि फारम १७ गते बुझाउनु पर्ने थियो उनि भन्छन मलाई त मिति सम्म याद भएन त्यस पछि सिम परिवर्तन गरि इटहरीमा कोठा लिएर बसेका सम्राटलाई घरबाट खर्च पठाउन बन्द भयो । एउटा समाजिक संस्थाको सुनसरि जिल्ला अध्यक्ष भए पछी कार्यक्रममा जानु पर्ने चिया नास्ता साथि भाई एकदम गार्ह्रो भयो केहि दिन त डुनट र विस्कुटको भरमा सम्म बसे तर हिम्मत हार्दै गयो । अन्ततः घरमा फोन गर्नैपर्ने अवस्था आयो घरमा फोन गर्दा कि विदेश, कि गाउँमै शिक्षक नत्र वि.ए.सी. रोज्ने र इटहरी छाड्नुपर्ने अप्सन आयो उनले बि.ए.सी रोजे र धनकुटा गए ।

धनकुटा बहुमुखी क्याम्पसमा वि.ए.सी पढ्न थालेका थापाका एकाएक आफुलाई एक्लो पाउन थाले, इटहरीमा साथि भाई र पदमा रमाएका सम्राट धनकुटामा एक्लो भए पछि उन्ले धेरै साहित्यिक किताब पढ्न सुरु गरे त्यस मध्ये एउटा किताब थियो अमर न्यौपानेको करोडौं कस्तुरी जस्ले सम्राटलाई हिम्मत दियो र एउटा संस्थाले (नाम खुलाउन रुचाएनन) सम्राटलाई बोलाएको संयोग मिलाएर फेरी सिम परिवर्तन गरी अब जिन्दगीमा जस्तो मोड आए पनि नफर्कने संकल्प गरि पुन: इटहरी फर्किए तर इटहरी आए पछी उक्त संस्थाले आफ्नो बोलि परिवर्तन गर्दा कहाँ जाने भन्ने ठूलो दोधारमा परे त्यस बखत इटहरीको सामाजिक सस्था युवा बिकास केन्द्रले धेरै सहयोग गरेको र केहि दिन त्यही बसे पश्चात उनले युवा बिकास केन्द्रसँगको सहकार्यमा आफ्नो संस्था सेभ ह्युमन एण्ड ह्युमानीटिको आयोजनामा सबैलाई न्योनो अभियानसुरु गरे त्यही अभियानको बिचमा कुटुम्ब ब्वाइज होस्टलका संचालन मिनराज चौलागाइसँग भेट भयो र उनि सहयोगीको भूमिकाका रुपमा कुटुम्ब होस्टल बस्न थाले ।

इटहरी बसेर सानो उमेरमा यहाँ सम्म आउने कमै मानिस मध्येका एक सम्राट हुन् इटहरीबाट सुरु भएको व्यवसाय काठमाण्डौ र पश्चिम नेपालगञ्जसम्म फैलिनु आफैमा एउटा सफलता हो लागनीकर्ता भेटे लाखौलाई रोजगार दिने उधमी बन्ने सपना बोकेका सम्राट थापाको हिम्मत र उर्जा कहिल्यौ घटेको देखिन । यस्को राज बारे थापाको छोटो भनाई छ जीवन आफ्नो रोजाई हो ।