उत्साहित बनेर खोप लगाउँदै बेलबारीका जेष्ठ नागरीकहरु

  • २३ फाल्गुन २०७७, आईतवार

जेष्ठ नागरीकहरुलाई लक्षित गरेर आइतवारदेखि सुरु गरीएको कोरोना बिरुद्धको खोप भ्याकसिन लगाउनका लागि बेलबारी जेष्ठ नागरीकहरु उत्साहित भएका छन् ।

डर त्रासका कारण कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम प्रभावकारी नहुने नहुने हो कि भन्ने चिन्ता भइरहेका बेला बृद्धाबृद्धाहरुले उत्साहित हुदै खोप लगाएका हुन् ।

कार्यक्रम सुरु गर्नु अघि स्वास्थयकर्मीहरुले गाँउ गाँउमा गएर कोरोको खोपका बिषयमा जेष्ठ नागरीकहलाई बुझाएका थिए । सबैलाई घर घरमै गएर खोप लगाउँदाका फाईदा र बेफाईदा बारे जाकारी गराइएको स्वास्थकर्मी सन्तोष विश्वकर्माले बताए ।

पहिला कुनै पनि खोप नलगाएकाहरुले समेत उत्साहित भएर खोप लगाएका छन् । खोप लगाएकाहरुले पनि सबैलाई ढुक्क भएर भ्याकसिन लगाउन आग्रह गरेका छन् ।

खोप लगाउनका लागि नागरिकता, मतदाता परिचयपत्र वा लाइसेन्सजस्ता परिचयपत्र बोकेर उनीहरु खोप केन्द्रमा पुगेका थिए ।  स्थानिय कुलचन्द्र कार्कीले ढुक्क भएर भ्याकसिन लगाउन आग्रह गरे ।

गर्भवती महिला,तुरुन्त गर्भवती हुने योजनामा रहेका महिलाहरू, सिकिस्त बिरामीहरुले खोप लगाउन नमिल्ने अन्य सवैले भ्याक्सिन लगाउन मिल्ने डाक्टर उमेश शाहले बताए ।

फागुन २८ गतेसम्म खोप केन्द्र तथा नजिकैको स्वास्थ्य केन्द्रमा खोप लगाइने नगरपालिकाको कार्यालयले जनाएको छ । खोप केन्द्र तथा स्वास्थ्य कार्यालयहरुमा गएर खोप लगाउन नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले सवैलाई आग्रह गरेका छन् ।