सहकारीबाट ऋण लिएर व्यवसायमा लाग्दै तेह्रथुमका युवा, गाउँ गाउँमा सहकारी सचेतना

  • २९ फाल्गुन २०७७, शनिबार

तेह्रथुमको आठराई गाउँपालिकास्थित  कन्चनजंघा सहकारीबाट सहुलियत दरमा व्यावसायिक ऋण लिएर युवाहरु व्यावसायमा लाग्न थालेका छन् ।

पछिल्लो समय बाख्रा पालन , बङ्गुरपालन, कुखुरा पालन जस्ता व्यावसायमा युवाहरुकाे ध्यान जान थालेसँगै उनिहरुकाे ब्यबशाय र जिविकाेपार्जनमा समेत सुधार आउन थालेको हो ।

वित्तीय क्षेत्रमा स्थानीयकाे पहुच पुर्‍याउदै सहकारीको माध्यमबाट युवाहरुलाइ स्वराेजगार बनाउने उदेश्यले टाेलटाेलमा सचेतना कार्यक्रम गरिएको आयोजक संस्थाले जनाएको छ  ।

यसैबीच तेह्रथुमको साविक थाेक्लुङका ९ वटै वडामा सहकारी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । कञ्चनजंघा बचत तथा ऋण सहकारी संस्थाका सचिव दिल बहादुर कन्दङवाका अनुसार कार्यक्रममा सहकारी संस्थाका शेयर सदस्य तथा अन्य स्थानीय बासिन्दाकाे सहभागीता छ ।

सचेतना कार्यक्रममा सहकारीकाे परिचय,महत्त्व , बचतकाे आवश्यकता ,ऋण परिचालन , वित्तीय व्यवस्थापन लगायत बिषयमा जानकारी दिइनेछ ।

आठराई गाउँपालिकाकाे आर्थिक सहयोग तथा कंञ्चनजघा बचत तथा ऋण सहकारी संस्था आयाेजनामा सञ्चालन भएको कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष अबिनारायण पराजुली र लेखा समिति संयाेजक प्रेम प्रकाश लामिछाने ऋण समिति संयाेजक रमेशकुमार बजगाईले सहजिकरण गरेका छन् ।