एक करोड ७८ लाखको लागतमा बन्यो नक्साल र देवीझोडा जोडने पुल
- ११ जेष्ठ २०८०, बिहीबार
मोरङको बेलबारी १ नक्सलबारी र केराबारी ९ देवीझोडा जोड्ने झोलुंगे पुल निर्माण भएको छ ।
भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित १ करोड ७८ लाखमा उक्त पुलको निर्माण सम्पन्न भएको हो । उक्त पुल निर्माणका केराबारी ९ ले २८ लाख बराबरको फलामको लठ्ठा उपलब्ध गराएको केराबारी ९ का वडाध्यक्ष गोपाल याक्खा राईले बताए ।
युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले बिहीबार पुलको उद्घाटन गरे । झोजुङे पुलको उद्घाटन कार्यक्रममा केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ, बेलबारी नगरपालिकाका दिलप्रसाद राई लगायत स्थानीय संघ संस्थाका प्रतिनिधि तथा विभिन्न दलका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।