लेडि जेसिजको धनकुटामा निशुल्क आँखा शिविर, ५६ जनाको जाँच तथा उपचार ्

  • १७ श्रावण २०८०, बुधबार

लेडि जेसिज धनकुटाको आयोजना र नेपाल नेत्र ज्योती संघ धनकुटा डा. राम प्रसाद आखा अस्पताल धनकुटाको प्राविधिक सहयोगमा धनकुटाको जेसिज गाउँमां निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।

आँखा अस्पतालका विक्रम मिश्को सहयोडा.मा  नेत्र विशेषज्ञ सजल भण्डारीले ५६ जनाको आंंखा परिक्षण तथा उपचार गरेका थिए । धनकुटा नगरपालिका वडा नं. ६ का जेसिज पाल्ले खोला क्षेत्रका स्थानीय वासिन्दाहरुको आंखा जांच तथा उपचार गरिएको लेडिजेसिज धनकुटाका महासचिव मुना पोखरेले वताइन ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले उक्त निशुल्क आखा शिविरको उद्घाटन गरे ।
धनकुटा लेडि जेसिजका अध्यक्ष मुनेका वस्नेतको अध्यक्षतमा भएको उक्त निशुल्क आंखा शिविरमा महासचिव मुना पोखरेलले कार्यक्रम संचालन गरेकी थिइन् । उक्त कार्यक्रमा पूर्व अध्यक्ष विसिका श्रेष्ठ, उपाध्यक्ष शोभा श्रेष्ठ, सचिव शोभा राईको सहभागिता थियो । ।

लेडि जेसिज धनकुटाले धनकुटाको वडा नं. ६ को उक्त गाउलाई चार बर्ष अघि जेसिज गाउँको नामाकरण गरी प्रत्येक बर्ष उक्त जेसिज गाँमा विभिन्न समाजिक क्रियाकलापहरु गर्दै आएको पूर्व अध्यक्ष विसिका श्रेष्ठले जानकारी दिए  ।