फेवातालको डुंगामै बसेर मुर्तिकार सुवेदीले बनाए आकर्षक र सुन्दर मुर्ति

  • १४ श्रावण २०८०, आईतवार

मुर्तिकार नवीन सुवेदीले पोखराको फेवातालमा डुंगा चलाएर जिविकोपार्जन गर्ने एक युवतीको परिकल्पनामा पुर्ण कदको सुन्दर मुर्ति बनाएका छन् ।

केही सहयोगीहरुको साथ पोखरा पुगेका सुवेदीले फेवातालमा चल्ने डुंगामा बसेर सो मुर्ति बनाएका हुन् । कुनै युवती वा डुंगा चलाउने महिलाको हुबहु अनुहार र जीउडाल भएको वास्तविक मुर्ति बनाउन खोजेपनि परिकल्पना र फर्मासँग मिल्दाजुल्दा युवती वा महिला फेला नपरेकोले काल्पनिक मुर्ति बनाएको सुवेदीले बताए ।


झन्डै एक हप्ता ठुलो डुंगामा बसेर शुरुमा माटोबाट मुर्तिको आकृति बनाइएको थियो । फेवातालमा डुंगामै बसेर बनाइएको माटोको सोहीपुर्ण मुर्ति फेवाताल किनारमा प्रदर्शन गरिएको थियो । पोखराको फेवातालमा अझै सुन्दरता थप्दै पर्यटन प्रबर्द्धन समेत गर्ने उद्देश्यले आफुले पोखरा आएर मुर्ति बनाउने योजना बनाएको मुर्तिकार सुवेदीले बताए ।

फेवातालमा डुंगामै बसेर बनाइएको डुंगामा अभिएकी युवतीको पुर्ण कदको मुर्ति हेर्न सर्वसाधारणको घुइँचो लागेको थियो । फेवातालमा डुंगा चलाएर जिविकोपार्जन गर्ने एक युवतीको कन्सेप्टमा “द डिम्स अफ जलारी” शिर्षक राखिएको मुर्तिको निर्माण सम्पन्न भएपछि फेवाताल किनारमा ढुंगामै पत्रकार सम्मेलनक पनि गरिएको थियो । पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका, डुंगा ब्यबशायी संघ, अन्य ब्यबशायी तथा पर्यटन बोर्ड लगायत विभिन्न संघ संस्थाहरुलाइ पनि आमन्त्रण गरिएको थियो ।
सो मुर्तिमा पेरिस प्रयोग गरि मुर्तिकै डाइ निकालिएको र सो डाइबाट काठमाडौ लगी फाइबरको मुर्ति बनाउने मुर्तिकार सुवेदीले बताए । पोखरा महानगरपालिका वा कुनै संघ संस्थाले सहयोग गरेमा फेवातालको कुनै भागमा मुर्ति लगेर राख्ने योजना रहेको मुर्तिकार सुवेदीले बताए ।

स्कुल पढ्ने क्रममा २०५१ सालदेखि ढुंगा कुँदेर मुर्ति बनाउन थालेका मुर्तिकार सुवेदीले ललितकला क्याम्पसबाट मूर्तिकलामै मार्टर्ड पुरा गरेका छन् । मोरङ लेटाङ निबासी नवीनले हालसम्म ढुंगा, फाइबर र धातुका गरी हजार भन्दा बढी मुर्ति बनाइसकेका छन् ।

केही बर्षअघि काठमाडौंमा आफुले बनाएका मानव आकृतिका मुर्तिहरुको प्रदर्शनी समेत गरेका नवीनले बनाएका मुर्तिहरु चन्द्रागिरी, गोरखा, सिन्धुली, काठमाडौ लगायत नेपालका विभिन्न सार्वजनिक स्थल तथा मठ मन्दिरहरुमा राखिएका छन् । उनले पाँचथरको रबिमा संभवत नेपालकै सबैभन्दा ठूलो ध्यानमा बसेका बुद्धको ३८ पुट अग्लो धातु मुर्ति निर्माण गरिसकेका छन् । आफ्नै लगानी तथा मिहिनेतले हजारौं मुर्ति बनाइसके पनि उनी राज्यको नजरमा भने पर्न सकेका छैनन् । – अम्बिका भण्डारी