उर्लाबारीमा नोवेलको मुटु परिक्षण शिविर, २ सय ८५ जनाको जाँच तथा उपचार

  • २९ मंसिर २०८०, शुक्रबार

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र सामुदायिक विकास मञ्च, उर्लाबारी ६ को आयोजनामा बिहीबार अर्थात मंसिर २८ गते उर्लाबारी ६ स्थीत महारुद्र शिवालय मन्दिर परिसरमा  निःशुल्क मुटु रोग परीक्षण तथा उपचार शिविर सम्पन्न भएको छ ।

सामुदायिक विकास मञ्चको आयोजनामा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका मुटुरोग विशेषज्ञ डा. सुशान्त कटुवाल नेतृत्वको मुटु विभागका चिकित्सक सहितको स्वास्थ्य टोलीले स्वास्थ्य उपचार सेवा प्रदान गरेको हो ।
स्वास्थ्य शिविरमा १ सय १५ जना पुरुष र १ सय ७० जना महिला गरी २ सय ८५ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त क्रममा २ सय ८५ जना विरामीको निःशुल्क इकोकार्डियोग्राम, ई. सि. जि.  पनि गरिएको छ ।
नोवेलले विभिन्न संघ संस्थाहरुको समन्वयमा विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । स्वस्थ मुटु स्वस्थ जीवन भन्ने नाराका साथ मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट हजारौ विरामीहरुले निःशुल्क स्वास्थ्य परीक्षण र उपचार सेवा लिई सकेका छन् ।