कोशीमा मुख्यमन्त्री कार्कीले लिए शपथ‚ २ मन्त्री नियुक्त
- २८ बैशाख २०८१, शुक्रबार
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बिहीवार मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।
मुख्यमन्त्री कार्कीले एमालेका राम राना र माओवादी केन्द्रका गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका छन्। दुवैजना मन्त्रीलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी तोकिएको छैन।