मुख्यमन्त्री हिक्मत कार्कीले बिस्तार गरे कोशी प्रदेश सरकार बिस्तार गरेका छन् ।

एमालेका ३ मन्त्री र एक राज्यमन्त्री तथा माओवादीका २ जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री नियुक्त गर्दै कार्कीले सरकार बिस्तार गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले एमालेका पञ्चकर्ण राई, लिलाबल्लभ अधिकारी र एकराज कार्कीलाई मन्त्री तथा सिर्जना राईलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।

एमालेबाट मन्त्री बनेका रानाले अर्थ, राईले सामाजिक विकास, अधिकारीले आन्तरिक मामिला तथा कानून,र कार्कीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

 

त्यस्तै माओवादीबाट नारायण बुर्जामगर र राजेन्द्र कार्की मन्त्री नियुक्त हुँदा बन्दना झाँगड राज्यमन्त्री भएकी छन् । यसअघि माओवादीका गणेश उप्रेती मन्त्री भईसकेका छन् । माओवादीबाट उप्रेतीले भौतिक पूर्वाधार, मगरलाई पर्यटन, वन तथा उद्योग र कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिईएको छ । एमालेकी सिर्जनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्री र झाँगडलाई पर्यटन राज्यष्मन्त्रीको जिम्मेवारी दिईएको छ ।

गत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त कार्कीले मुख्यमन्त्री भएकै दिन एमालेका रामबहादुर राना मगर र माओवादीका गणेश उप्रेतीलाई बिना बिभागीय्वमन्त्री बनाएका थिए ।