पथरीशनिश्चरे नगरपालिकाद्वारा दुई सञ्चारकर्मी र एक सञ्चारमाध्यम पुरस्कृत

  • २२ असार २०८१, शुक्रबार

पथरी शनिश्चरे नगरपालिकाद्वारा दुई सञ्चारकर्मी र एक सञ्चारमाध्यम पुरस्कृत भएका छन् ।
पथरी शनिश्चरे नगरपालिकामा पत्रकार तथा सञ्चारमाध्यम सम्मान एवम् पुरस्कार बितरण र लेखनवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको हो ।
आज नगरले एक अग्रज पत्रकार सम्मान, एक क्रियाशील पत्रकार पुरस्कार र एक सञ्चारमाध्यम पुरस्कार वितरण गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को मिडिया प्रवद्र्धन कार्यक्रम अन्तर्गत नगरका दुई सञ्चारकर्र्मी र एक सञ्चारमाध्यमलाई नगरले प्रशंसा पत्र वितरण गरेको हो ।
लेखनवृत्ति, पुरस्कार तथा सम्मान छनौट समितिका संयोजक एवं प्रवक्ता नविन कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा अग्रज पत्रकार÷नगरको पूर्व सूचना सम्पादक वडा नं. १० निवासी भूपेन्द्र तिम्सिनालाई नगद रु. २५ हजार, मुहारचित्र सहित सम्मान गरिएको हो ।

यसैगरी वडा नं. ४ का सञ्चारकर्मी भूमिप्रसाद पाठकलाई नगद १५ हजार सहित क्रियाशील पत्रकार पुरस्कार र वडा नं. ४ कै सञ्चारमाध्यम पहिलो अनलाईनलाई नगद रु. २५ हजार सहित प्रशंसा पत्र वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो, नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराई, वडा नं. १ का अध्यक्ष भीम राई, आर्थिक प्रशासन प्रमुख पिताम्वर वस्ती, कार्यपालिका सदस्य मिना तामाङ र नगरका सञ्चारकर्मीहरुको उपस्थिति  थियो ।

यस्तै सोही कार्यक्रममा नगरपालिकाले नगरका १२ जना पत्रकारलहरुलाई लेखनवृत्ति वितरण गरिएको थियो ।