देवीझोडा सामुदायिक वन उपभोक्ता समुहको २५ औं साधारण सभा सम्पन्न

  • ९ आश्विन २०८१, बुधबार

.मोरङ केराबारी ९ देवीझोडास्थित देवीझोडा सामुदायिक वन उपभोक्ता समुहको २५ औं साधारण सभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।शनिबार आफ्नै नवनिर्मित कार्यालय भवन परिसरमा वनले विभिन्न कार्यक्रमसहित साधारणसभा गरेको हो । साधारणसभा कार्यक्रममा केराबारी ९ का वडाध्यक्ष गोपाल याक्खा प्रमुख अतिथि थिए भने स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथि थिए ।
कार्यक्रममा समुहका अध्यक्ष गोबिन्द बस्नेतले प्रगति प्रतिवेदन र कोषाध्यक्ष आशा लिम्बूले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी समुहका सह-सचिव विमल विष्टले आ.व.०८१/८२ को बार्षिक अनुमानित आम्दानी तथा खर्चको कार्य योजना प्रस्तुत गरेका थिए ।
साधारणसभामा लेखा समिति संयोजक अविषेक राईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अबसरमा १०८० सालको SEE परिक्षामाउत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाइ पुरस्कारसहित सम्मान गरिएको थियो । साधारणसभामा गोपाल मेमोरियल बोडिङ स्कूलका विद्यार्थीहरू‌ले आकर्षक नृत्यहर प्रस्तुत गरेका थिए । २५ औ साधारणसभा १० जना जेष्ठ उपभोक्ता सदस्यहरुलाइ सम्मान गरिएको थियो । गत बर्ष जिल्लाकै उत्कृष्ट सामुदायिक वनको रूपमा पुरस्कृत भएको यस सामुदायिक वनले उपभोक्ता हित तथा सामाजिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ ।