बागदेवी सामुदायिक वनद्वारा उपभोक्ताहरुलाइ निशुल्क दाउरा बितरण
- २१ पुष २०८१, आईतवार
। बेलबारी २ मा अबस्थित बागदेवी सामुदायिक वन उपभोक्ता समूहले हुस्सु र शितलहरबाट प्रभावित उपभोक्ताहरुलाइ निशुल्क दाउरा बितरण गरेको छ ।
हुस्सु र शितलहर आइ अत्याधिक चिसो बढ्न गई कष्टकर जनजीवन बिताइरहेका उपभोक्ताहरुको लागि वनले टोल टोलमा दाउरा बितरण गरेको हो । अध्यक्ष रामचन्द्र भट्टराईका अनुसार वालवालिका, बृद्धवृद्धा र असहाय उपभोक्ताले सामुहिक रूपमा भेला भएर आगो ताप्न मिल्ने गरी सामुदायिक वन अन्तरगत रहेका १६ वटा टोली समुहका करिब ४० स्थानमा वनले निषुल्क दाउरा बितरण गरिएको छ । सो प्रयोजनका लागि यसै हप्ता करिब ५० क्वीन्टल दाउरा बितरण गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
वनले यसै बर्ष गरिबी निवारण कार्यक्रम अन्तरगत बिपन्न बर्गका उपभोक्ता हरुलाइ आर्थिक सहयोग तथा उपभोक्ताकै छोराछोरीहरुलाइ छात्रवृत्तिका लागि लाइ ५ देखि १० हजार रुपैयाँ दिएको छ । सो कार्यक्रम अन्तरगत करिब २५ घर उपभोक्ताहरु लाभान्वित भएको बागदेवी सामुदायिक वनले जनाएको छ ।
कुल ४ सय ९१ घरधुरी उपभोक्ता रहेकोे यो सामुदायिक वन १.४७ हेक्टरमा फैलिएको छ । आफ्नै भवन रहेकोे यो वन अन्तरगत १६ वटा टोली समूह छन् । सामुदायिक वनले माग भएको स्थानमा अनुगमन गरी आवश्यकताका आधारमा उपभोक्ताहरुलाइ काठ बितरण गर्ने गरेको समितिले जनाएको छ ।