बेलबारीमा जीवन बिज्ञान स्वजागरण कार्यक्रम सम्पन्न
- १५ माघ २०८१, मंगलवार
पुर्ण स्वास्थ्यका लागि स्वजागरण, सुख शान्ति र समृद्धिको जागरण भन्ने नारासहित बेलबारीमा
जीवन बिज्ञान स्वजागरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला परिष्द मोरङको आयोजनामा बेलबारी ४ स्थित पन्चज्योति आधारभुत विद्यालय नजिकै रहेको बेतना खेल मैदानमा कार्यक्रम सम्पन्न भएको हो ।
बेलबारी नगरपालिकाको प्रायोजनमा भएको स्वजागरण कार्यक्रममा बेलबारी नगरपालिकाका नगरप्रमुख दिल प्रसाद राईको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा प्रमुख बक्ताका रूपमा रहनुभएका जीवन बिकास विशेषज्ञ रमेश गुरुदेवको विशेष आतिथ्यता थियो ।
कार्यक्रममा झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा जिवन बिज्ञान र यो साधनामा सक्रिय तथा जिज्ञासु संयौं मानिसहरुको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राइले टोल टोलमा ध्यान, योग र साधानाको जागरण ल्याउन जिवन बिज्ञानको महत्त्वपूर्ण योगदान रहेकोे र त्यसका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख बक्ताका जीवन बिकास विशेषज्ञ रमेश गुरुदेवले ॐ ध्वनिको महत्त्व बताउँदै यो मुल ध्वनि भएको र ध्वनिको शुरूवात यसबाट नै भएको बताउनुभयो । ॐ को उच्चारणले रक्त संचार सन्तुलित हुने र धेरै रोगहरु निको हुने बताउनुभयो । ॐ शब्दलाई मिलाएर उच्चारण मात्रै गर्दा पनि बिश्वमा बढ्दै गएको मानसिक समस्याको समाधान हुने वहाँले बताउनुभयो ।
एक पटक बिरामी भएर अस्पताल जानुपर्दा जीवनभरको कमाइ सकिने अबस्था अन्त्य गर्नका लागि योग नै एकमात्र विकल्प भएको वहाँले बताउनुभयो । स्थानीय पालिकाहरुले स्वास्थ्य क्षेत्रमा गर्ने लगानीको १० प्रतिशत योगका पुर्वाधारमा खर्च गरिदिए मानिसहरु कुनै खर्च नगरी स्वस्थ हुने र बिरामी हुने क्रम घट्ने वहाँले बताउभुभयो । जीवन बिज्ञान नेपालबाट बिश्वभर फैलदै गएको वहाँले बताउबुभयो ।
कार्यक्रममा जीवन बिज्ञान प्रशिक्षक खगेन्द्र न्यौपानेले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रमका लागि चौबिसे एकता समाज, बेलबारी साहित्य बिकास समिति, बेलबारी प्रज्ञा प्रतिष्ठान, बेलबारी जेसिज र रेडियो बेतना सहयोगीका रूपमा थिए ।
जीवन बिज्ञान प्रतिष्ठानले निशुल्क स्वास प्रस्वासका अभ्यास, योग र साधना मार्फत स्वस्थ जीवन जिउने अभ्यास र कलाहरु सिकाउँदै आएको छ । हाल नेपालमा मात्रै होइन, बिश्वब्यापी रूपमा योग र साधना मार्फत जागरण अभियान संचालन गर्दै आएको संस्थाले शरीर, मन, भाव, र चेतनालाई परिस्कृत गराउदै शान्ति, आनन्द स्वास्थ जीवनका लागि गाउँ गाउँ र टोल-टोलमा निशुल्क ,स्वास प्रस्वासका अभ्यास र योग साधना गराउँदै आएको छ ।