नेकपा एमाले बेलबारी २ को अधिवेशन सम्पन्न, राजुको नेतृत्वमा नयाँ कमिटी

  • २९ बैशाख २०८२, सोमबार

नेकपा एमाले बेलबारी नगर पालिका वडा न २ को अक्कधिवेशनले राजु परियारको अध्यक्षतामा सर्वसम्मत रूपमा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
नेकपा एमाले, केन्द्रिय सल्लाहकार परिषद सदस्य बिनोद ढकालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले वडा कमिटी गठन गरेको हो । नवगठित समितिमा उपाध्यक्ष प्रेमबहादुर राई, सचिब कृष्ण कुमार मेन्याङ्बो, उप सचिव नैना राई र राजकुमार धिमाल छन् ।
राजु परियारको सभापतित्वमा भएको अधिवेशनमा
एमाले पुर्व जिल्ला कमिटी सदस्य तथा पुर्व वडाध्यक्ष घनश्याम गौतम, एमाले जिल्ला कमिटी सदस्य तथा बेलबारी २ का वडाध्यक्ष कृष्ण बहादुर गुरुङ, एमाले मोरङका उप सचिव सन्तोष बान्तवा लगायतको आतिथ्यता थियो ।

कृष्ण मेयाङ्बोले संचालन गरेको कार्यक्रममा उपसचिव सकुन्तला थापाले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रममा अनेमसङ्घ बेलबारी नगर कमिटी अध्यक्ष नैना राई लगायत अतिथिहरुले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा ८ जनालाई सम्मानित गरिएको छ । सम्मानित हुनेहरूमा माधव प्रसाद ओझा, अमृत बहादुर गुरुङ , महेन्द्र विश्वकर्मा, लीलादेवी गौतम, धनमाया ढकाल, नृपेन्द्र खत्री, जित बहादुर राई र स्वर्गीय क. यादव प्रसाद पोखरेल छन् ।
अधिवेशनले केही सुझावहरू सहित राजनैतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पारित गरेको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाइ नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिवालय सदस्य तथा कार्यलय सचिब नरेन्द्र बरालले सपथ गराएका थिए ।