बेलबारीमा साढे ३ करोडसहित मोरङका स्थानीय तहहरुमा ४६ करोड ७५ लाख बेरुजु

  • ४ जेष्ठ २०८२, शनिबार

मोरङका स्थानीय तहमा ४६ करोड ७५ लाख बेरुजु देखिएको छ ।

त्यसमध्ये  बेलबारी नगरपालिकामा मात्र २ अर्ब ५५ करोड ९७ लाख ४० हजारको लेखापरीक्षण गरिएकोमा ३ करोड ६२ लाख ९ हजार अर्थात १.४१ प्रतिशत बेरुजु देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को प्रतिवेदन अनुसार जिल्लाका १७ वटा पालिकामा ४६ करोड ७५ लाख ६५ हजार रुपियाँ बेरुजु देखिएको हो । १ महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका रहेको मोरङमा विराटनगर महानगरपालिकाको सबैभन्दा कम ०.३२ प्रतिशत र सुनवर्षी नगरपालिकाको सबैभन्दा बढी ३.४२ प्रतिशत बेरुजु देखिएको छ । कम बेरुजु हुने दोस्रोमा पथरीशनिश्चरे नगरपालिका ०.४७ र तेस्रोमा उर्लाबारी नगरपालिका ०.६३ रहेका छन् ।
कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगर महानगरपालिकामा कुल ६ अर्ब ४४ करोड ७६ लाख २१ हजार रकमको लेखापरीक्षण गरिएकोेमा दुई करोड ८ लाख ५७ हजार अर्थात् ०.३२ प्रतिशत बेरुजु रकम देखिएको छ । उर्लाबारी नगरपालिकामा २ अर्ब ६३ करोड ५४ लाख ४४ हजार रकमको लेखापरीक्षण गरिएकोमा १ करोड ६५ लाख ११ हजार अर्थात् ०.६३ प्रतिशत बेरुजु देखिएको छ ।
पथरीशनिश्चरे नगरपालिकामा २ अर्ब ७ करोड ५७ लाख ८९ हजार रकमको लेखापरीक्षण गरिएकोमा ९७ लाख ५७ हजार अर्थात् ०.४७ प्रतिशत बेरुजु देखिएको छ । रंगेली नगरपालिकामा २ अर्ब १० करोड ८ लाख ४३ हजार रकमको लेखापरीक्षण गरिएकोमा ३ करोड ७१ लाख ३६ हजार अर्थात् १.७७ प्रतिशत, रतुवामाई नगरपालिकामा २ अर्ब १५ करोड २० लाख ६९ हजार रकमको लेखापरीक्षण गरिएकोमा २ करोड ९५ लाख २५ हजार अर्थात् १.३७ प्रतिशत बेरुजु रकम देखिएको छ ।
यस्तै, लेटाङ नगरपालिकामा १ अर्ब ५३ करोड २ लाख २२ हजार रकमको लेखापरीक्षण गरिएकोमा ३ करोड १५ लाख ९९ हजार अर्थात् २.०६ प्रतिशत, सुनवर्षी नगरपालिकामा १ अर्ब ५९ करोड १३ लाख १० हजार रकमको लेखापरीक्षण गरिएकोमा ५ करोड ४४ लाख ५८ हजार अर्थात् ३.४२ प्रतिशत र सुन्दरहरैँचा नगरपालिकामा ३ अर्ब २३ करोड ४५ लाख ७४ हजार रकमको लेखापरीक्षण गरिएकोमा ३ करोड ७१ लाख २७ हजार अर्थात् १.१५ प्रतिशत बेरुजु देखिएको छ ।
गाउँपालिकातर्फ कटहरी गाउँपालिकामा कुल १ अर्ब २८ करोड ८५ लाख ५० हजारको लेखापरीक्षण गरिएकोमा २ करोड २० लाख ८५ हजार अर्थात १.७१ प्रतिशत, कानेपोखरी गाउँपालिकामा कुल १ अर्ब ५८ करोड ४० लाख १ हजार रकमको लेखापरीक्षण गरिएकोमा २ करोड ६२ लाख १७ हजार अर्थात १.६६ प्रतिशत, केराबारी गाउँपालिकामा कुल १ अर्ब ४९ करोड ५ लाख १७ हजारको लेखापरीक्षण गरिएकोमा २ करोड १७ लाख ९२ हजार अर्थात १.४६ प्रतिशत, ग्रामथान गाउँपालिकामा कुल १ अर्ब ४१ करोड ३७ लाख ३८ हजारको लेखापरीक्षण गरिएकोमा १ करोड १६ लाख ५ हजार अर्थात ०.८२ प्रतिशत बेरुजु महालेखाले आंैल्याएको छ ।
यस्तै, जहदा गाउँपालिकामा कुल १ अर्ब २३ करोड ५४ लाख २५ हजारको लेखापरीक्षण गरिएकोमा २ करोड ४९ लाख १६ हजार अर्थात २.०२ प्रतिशत, धनपालथान गाउँपालिकामा कुल १ अर्ब ३२ करोड २४ लाख ५ हजारको लेखापरीक्षण गरिएकोमा १ करोड ९४ लाख १० हजार अर्थात १.४७ प्रतिशत, बुढीगंगा गाउँपालिकामा कुल १ अर्ब ५४ करोड ४० लाख १६ हजारको लेखापरीक्षण गरिएकोमा २ करोड ९४ लाख ७४ हजार अर्थात १.९१ प्रतिशत र मिक्लाजुङ गाउँपालिकामा कुल १ अर्ब ६१ करोड २४ लाख ४७ हजारको लेखापरीक्षण गरिएकोमा ३ करोड ८८ लाख ८८ हजार अर्थात २.४१ प्रतिशत बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षक कार्यालयले केही दिन अघि ६२ औं वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक गरेको थियो ।