सुकुना सामुदायिक वन क्षेत्रमा रोपियो करिब १५ सय बिरुवा

  • ८ असार २०८२, आईतवार

सुन्दरहरैंचाको खोर्सानेमा अबस्थित सुकुना सामुदायिक बन उपभोक्ता समूहले करिब १५ सय बिरुवा रोपेको छ ।
सामुदायिक वनको ४.४५ हेक्टर क्षेत्रफल जमीनमा बृक्षारोपण गर्ने योजना अनुसार वनले ती बिरुवा रोपेको हो ।
सब डिभिजन बन सलकपुरका बन सहायक राममाया परियारसहित विभिन्न संघसंस्थाका प्रतिनिधि र उपभोक्ताहरुको समेत सहभागितामा यसै हप्ता वृक्षारोपण गरिएको सुकुना सामुदायिक वनका कार्यालय सचिव आर के प्रधानले बताए ।
सामुदायिक वनको आयोजनामा आफ्‌नो वन क्षेत्रभित्र टिक, जामुन साल, अम्म्बक, खयर, कागती, मसला ,निम, औटागा आदिका बिरुवा रोप्ने अभियान सम्पन्न भएको सुकुना सामुदायिक वनले जनाएको छ ।
वृक्षारोपण कार्यक्रममा खोर्साने सामुदायिक बिकास केन्द्रका प्रतिनिधि, सहयोगी हातहरु नाकम संस्थाका प्रतिनिधि, सुकुना सामुदायिक बनका पदाधिकारी र उपभोक्ताहरुको उपस्थिति थियो । संयन्त्र साप्ताहिकबाट