संस्थाको २५ औं स्थापना दिवसमा केराबारी नारी बिकास साकोसले गर्यो भब्य तीज कार्यक्रम

  • २२ भाद्र २०७५, शुक्रबार

केराबारी नारी बिकास बचत तथा ऋण सहकारी संस्थाले २५ औं स्थापना दिवस तथा तीज विशेष कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको छ ।
मोरङ केराबारी ८ स्थित हजारबिघा सामुदायिक वनको हलमा भएको कार्यक्रममा सैयौं महिलाहरूको सहभागिता थियो । केराबारी गाकेराबारीका अध्यक्ष रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका सह सचिव बिष्णु ओझा बिषेश आतिथ्यता थियो ।कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत पुण्य प्रसाद पौडेल, मच्छिन्द्र उच्च माविका प्राचार्य झलक पौडेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथि थिए  ।

बार्षिकोत्सव कार्यक्रममा संस्थाका वाल शेयर सदस्य , बाल बचतकर्ता तथा जेष्ठ शेयरसदस्य असल ऋणी तथा बचतकर्ता लगायत विभिन्न शेयरसदस्य, उत्कृष्ट अंक ल्याउने विद्यार्थी  र कर्मचारीहरुलाइ पनि सम्मानित गरिएको थियो । कार्यक्रममा कार्यक्रममा स्थानीय स्कुलका छात्रचात्राहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । सहकारीको २५ औं स्थापना दिवसकै अबसरमा केक काटेर पनि बांढिएको थियो । त्यतिमात्र होइन, कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई खीर सहितको दर पनि खुवाइएको थियो ।
यो सहकारी २०५९ सालमा स्थापना भएको हो । करिब ५ करोडको कारोबार गरिसकेको सहकारीको शेयरपुंजी ६५ लाख रहेकोे छ । केराबारी नारी बिकास सहकारीले २० लाख १० हजार ५ सय ६८ रुपैयाँ ६७ पैसा खुद बचत अर्थात् नाफा गरेको सहकारीकी अध्यक्ष मनुषा ढकालले बताउनुभयो । सहकारीमा हाल १३ सय ४७ जना शेयर सदस्य छन् ।