दिपज्योती नारी बिकास साकोसको १७ औं साधारणसभा भब्य रूपमा सम्पन्न

  • २६ आश्विन २०७५, शुक्रबार

मोरङ बेलबारीस्थित दिपज्योती नारी बिकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १७ औं बार्षिक साधारणसभा विभिन्न कार्यक्रम सहित भब्य रूपमा सम्पन्न गरेको छ ।

बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्य र जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङका सहसचिव बिष्णु ओझाको विशेष आतिथ्यतामा शुक्रबार साधारणसभा भएको हो ।  बेलबारी १ स्थित मदनमोहन आश्रित पुष्परत्न सांस्कृतिक भवनमा भएको कार्यक्रममा हलभरी खचाखच महिला शेयर सदस्यहरु उपस्थित थिए । संस्थाकी अध्यक्ष पार्वती बरालको सभापतित्वमा भएको कार्यक्रमको संचालन  ब्यबस्थापक गोमा खुलालले गरेकी थिइन् ।

साधारणसभा कार्यक्रममा पुर्व संचालक, उत्कृष्ट ऋणी, जेष्ठ शेयर सदस्य, उत्कृष्ट शेयर सदस्य, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट शेयर वृद्दिकर्ता र ऐच्छिक बचतकर्तालाइ सम्मानित गरिएको थियो । सम्मानित हुने जेष्ठ सदस्यहरुमा साबित्रा भण्डारी, मनमाया थापा र धनमाया शिवा छन् । त्यसैगरी पुर्व संचालकहरु कमला सुवेदी, सीता बास्तोला, कमला अर्याल र धुपीमाया धिमाललाई पनि सम्मानित गरिएको छ ।

साधारणसभामा असल ऋणीका रूपमा १६ जनालाई सम्मानित गरिएको छ । त्यसरी सम्मानित हुनेहरूमा तिर्थमाया मगर, लक्ष्मी गुरुङ, पुष्पा गुरुङ, रन्जिता धिमाल, शर्मिला गुरुङ, अस्मिता राई, जीउनीमाया राई, शर्मिला राई, चन्द्रकला खड्का, रेणुकादेवी कट्टेल, पदमकुमारी अधिकारी, मन्जु चौधरी, शशी देवान र देवी न्यौपाने छन् । उनीहरूलाई तिरेको कुल ब्याजको ५ प्रतिशत नगदसहित अतिथिद्वारा प्रसंसापत्रले सम्मानित गरिएको थियो ।

त्यस्तै उत्कृष्ट शेयर सदस्यमा मनु गुरुङ, उत्कृष्ट बचतमा साबित्रा बिक, बाल बचतकर्तामा एलिना सुवेदी, ऐच्छिक बचतमा लक्ष्मी राई, अधिकतम शेयर खरिद गराउने अनिता राई र संस्थाबाट तालिम लिएर स्वरोजगार बनेका राधा घिमिरे र रमा तिम्सिनालाई पनि साधारणसभामा प्रसंसापत्रद्वारा सम्मानित गरिएको थियोे । साधारणसभामा अध्ययन तथा अनुसन्धानका क्रममा त्रिभुवन बिश्वविद्यालय मानबशास्त्र केन्द्रिय बिभागका गायत्री प्रसाद भट्टराईद्वारा खिचिएका संस्थाका गतिविधि झल्काउने तस्वीर तथा भिडियोहरु प्रोजेक्टरद्वारा देखाइएको थियो ।

दिपज्योती साकोस २०५९ सालमा स्थापित महिलाहरूको ठुलो र पुरानो सहकारी हो । आफ्नै भवनमा संचालित सहकारीका १९ वटा समुहहरु छन् । यस सहकारीमा हालसम्म २ हजार ७९ जना महिलाहरु शेयरसदस्य छन् ।  ८७ लाख ८५ हजार ९ सय शेयरपुँजी रहेको संस्थाले हालसम्म ८ करोड २२ लाख ४८ हजार ६ सय ६० रुपैयाँ ५५ पैसाको कारोबार गरिसकेको छ । – अम्बिका भण्डारी