लेटाङ नगरपालिकाद्वारा झण्डै तिन दर्जन सारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

३४ जनाले पाए सहायक सामग्री

  • १० मंसिर २०७५, सोमबार

केशु विरही, लेटाङ, माेरङ/ सारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई अाज लेटाङ नगरपालिकाले एक कार्यक्रमविच सहायक सामग्री वितरण गरिएकाे छ ।

लेटाङ नगरपालिकाकाे अार्थिक सहयाेग र सिवि अार विराटनगरकाे प्राविधिक सहयाेग संचालन गरिएकाे उक्त कार्यक्रममा विभिन्न ३४ जना सेवा लिएका थिए ।

सहायक सामग्री पाउनेहरुमा ७ देखि ७२ वर्ष उमेर समूहका नागरिकहरु थिए । लेटाङ नगरपालिकामा अायाेजना गरिएकाे कार्यक्रममा नगरपालिकाका प्रमुख शंकर राईले ट्राई साईकल वितरण गरेर कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

सहायक सामग्री वितरण कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख राईले अाफू अपाङ्गता भएका नगरवासीकाे मामलामा संवेदनशील रहेकाले नगरपालिका यस्ता कार्यक्रममा सहकार्य गर्न ईच्छुक रहेकाे वताए ।

उक्त कार्यक्रममा उपप्रमुख कृष्णकुमारी निराैला र ८ नं वाडाका वाडाध्यक्ष भिमप्रसाद पाेखरेले शुभकामना मन्तव्य राख्दै सि वि अारकाे भूमिकाकाे प्रशंसा समेत गरेका थिए ।

उक्त कार्यक्रममा लेटाङ नगरपालिकाका उपप्रमुख कुष्णकुमारी निराैला, विभिन्न वडाका वडाध्यक्षहरु सिवि अार विराटनगरका काेषाध्यक्ष पितृभक्त पाेख्रेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

सिविअार विराटनगरका प्रवन्धक रन्जना दाहालका अनुसार भदाै २७ गते नापजाँच गरिएकामध्ये लेटाङ नगरपालिकाका ३४ जनाले जाजकाे फिटमेन्ट क्याम्पबाट सेवा पाएका छन् । प्रवन्धक दाहालका अनुसार २ जनालाई ट्राई साईकल, ८ जनालााई वैशाखी, ५ जनालाई वाकर, ४ जनालााई ट्वाइलेट चेयर, ५ जनालाई विशेष खालका जुत्ता, २ जनालाई राेलेटर वाकर, १ जनालाई घुडामुनिकाे कृतिम खुट्टा, ३ जनालाई विशेष कुर्सी, १४ जनालाई गाेलिगांठाे अादि वितरण गरिएकाे थियाे ।

सि वि अार विराटनगरका प्रवन्धक दाहालले कार्यक्रमकाे अाैचित्यकाे वारेमा प्रष्ट पारेकी थिईन् । उक्त कार्यक्रमकाे सभापतित्व डिपियाे लेटाङका अध्यक्ष डिल्लिप्रसाद विमलीले गरेका थिए भने कार्यक्रमकाे संचालन भने डिपियाे नगर सचिव सचिव तेजबहादुरले लिम्बूले गरेका थिए ।