बिराटचोकमा अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता चल्दै, सात दर्जनभन्दा बढी प्रतिस्पर्धामा

अन्तराष्ट्रिय ब्याडमिन्टन बिजेता प्रिन्सको बिजय यात्रा जारी

  • २९ पुष २०७५, आईतवार

केशु विरही, सुन्दरहरैचा, माेरङ/ पाैष २७ गतेदेखि जारी प्रथम अामन्त्रण अन्तराष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियाेगिताकाे आइतबार एक कार्यक्रमविच अाैपचारिक उद्घाटन गरिएकाे छ ।

सुन्दरहरैचा नगरपालिका वार्ड नं ८ मा रहेकाे दुर्गादेवी दुलाल कवडहलमा सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले  प्रतियाेगिताकाे औपचारिक उद्घाटन गरेका हुन्  ।

अान्तरिकतर्फका प्रतियाेगिताहरु पाैष २७ गतेबाट सुरु भए पनि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियाेगिताहरु भने आइतबारबाट सुरु भएका दुर्गादेवी दुलाल स्पाेर्टस क्लवका अध्यक्ष भाेलेश्वर दुलालले वताए ।

अाैपचारिक उद्घाटन समाराेहमा अन्तराष्ट्रिय अम्पायर उदय अर्याल, नेपाल व्याडमिन्टेन संघका केन्द्रीय उपाध्यक्ष चन्द्रशेखर लामा, नेपाल व्याडमिन्टेनका चिफ काेच सुदिप याेन्जन लगायतकाे सहभागिता रहेकाे थियाे ।

चार विधामा खेलाईएको प्रतियोगितामा नेपाल र भारतका गरी पुरुष एकलमा ३२, पुरुष युगलमा २९, मिक्स युगलमा ९ र भेट्रान्स युगलमा १६ जोडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा दुवई अन्तराष्ट्रिय जुयिनर ब्याडमिन्टनका बिजेता तथा भर्खरै बिराटनगरमा सम्पन्न राष्ट्रपति जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनका दुई बिधाका बिजेता प्रिन्स दाहालले आफ्नो बिजयी सुरुवात गरेका छन्  ।

काठमाण्डौबाट प्रतिनिधित्व गरेका प्रिन्सले पुरुष एकलको खेलमा आयोजक दूर्गादेवी दुलाल सुन्दर हरैचा स्पोर्टस् ग्रामका मुना हाङ्ग राईलाई २१ । ४ र २१ । ४ को समान अन्तरले पराजित गर्दै दोश्रो चरणमा स्थान पक्का बनाएका हुन् ।

प्रतियोगिताको पुरुष एकलतर्फ नै पुलिसका बिष्णु कटुवाल र जीवन आचार्य, नेपाल सेनाका प्रफुल महर्जन, रुकेश महर्जन, पविन लिनथेप र दिवश शंकर, एपिएफका बिजित थापा मगर, गौतम कठायत, सुमल लिम्बु, सुनिल जोशीले आआफ्ना प्रतिद्वन्द्वीलाइ पाखा लगाउँदै दोश्रो चरणमा स्थान बनाएका छन् ।

पुलिसका बिष्णुले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका अजय चौधरीलाई २१ । ५, २१ । ८ ले पराजित गरे । यस्तै पुलिसकै अर्का खेलाडी जीवन आचार्यले बिर्तामोडका बिवेक कदङ्गवालाई २१ । ५, २१ । ७ ले पाखा लगाए । जित निकाल्ने क्रमममा सेनाका प्रफुलले तेह्रथुमा क्षितिज केसीलाई २१ । ९, २१ । १४, रुकेशले विर्तामोडका नविन सिलवाललाई २५ । २३, २१ । १०, पविन लिनथेपले पाँचथरका सन्देश जवेगुबाट वाक ओभर र दिवश शंकरले सूर्खेतका नरेन्द्र बमलाई २१ । १०, १८ । २१, २१ । १३ले पराजित गरे ।

एपिएफका बिजित थापा मगरले मोरङ्गका दिपेन राईलाई २१ । ६, २१ । ११, गौतम कठायतले जेष्ट ब्याडमिन्टन एकेडेमीका अनिष खतिवडालाई २१ । १०, २१ । १० को समान अन्तरले, सुमल लिम्बुले झुम्काका गोपाल सुब्बालाई २१ । ८, २१ , ११ र सुनिलले भद्रपुरका सम्प्रास लिम्बुलाई २१ । ३, २१ । ११ ले पाखा लगाएका थिए ।

पुरुष एकल, युगल, मिक्स र भेट्रान्स युगल गरि चार विधामा आयोजना गरिएको प्रतियोगिताको पहिलो दिन आईतबार जित निकाल्ने क्रममा जेष्ट ब्याडमिन्टन एकेडेमिका प्रियान्सु क्षेत्रीले वेष्ट बंगालका जयदीप शाहलाई २१ । १९, २१ । १७, वेष्ट बंगालका निहाल दर्नालले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुनाम श्रेष्ठलाई २१ । १३, २१ । १३, वेष्ट बंगालका प्रियान्सु सिंहले कोठारीका डबल बहादुर गुरुङ्गलाई २१ । १५, १३ । २१, २१ । १६ तथा बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका प्रनिश सिंह ठकुरीले ईटहरीका भोज बहादुर गुरुङ्गलाई २१ । ११, २१ । १० ले पराजित गर्दै दोश्रो चरणको दावेदारी प्रस्तुत गरे ।