झण्डै २ कराेडकाे लगानीमा निर्मित दुर्गादेवी दुलाल कवड हलकाे औपचारिक उद्घाटन

  • २ माघ २०७५, बुधबार

झण्डै २ कराेडकाे लगानीमा निर्मित दुर्गादेवी दुलाल कवड हलकाे औपचारिक उद्घाटन भएको छ ।

खेलकुद विकास समितिका सदस्य सचिव केशवकुमार विष्टले कभर्ड हल उद्घाटन गरेका हुन् ।  अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियाेगिताकाे समापन, पुरस्कार बितरण तथा कबर्ड हल उद्घाटन  कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख अतिथि एवम् खेलकुद विकास समितिका सदस्य सचिव केशवकुमार विष्टले स्थानीयस्तरमा अन्तराष्ट्रियस्तरकाे कवडहल निर्माण गरेकाेमा प्रशंसा गर्दै राज्यले हरेक स्थानीयपालिकामा कम्तिमा एउटा स्पाेट्स ग्राम निर्माण गर्ने अवधारणा ल्याएकाे वताए ।

सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले नगरपालिका समग्र नगरकाे विकासमा लागिरहेकाे वताए । उनले नगरपालिकाले खेलकुद विकासमा सधैँ सहयाेग गर्ने पनि वताए ।

कल्वका अध्यक्ष भाेलेश्वर दुलालले आफूहरुले पुरै नगरलाई खेलकुद हवकाे रुपमा निर्माण गर्न चाहेकाे विचार व्यक्त गरे ।