आठराइमा आगलागी हुँदा एक घर जलेर खरानी, झण्डै सात लाखको क्षति

  • ७ माघ २०७५, सोमबार

तुलसी राम धमला तेह्रथुम / तेह्रथुमको  आठराई स्थित एक घरमा आगलागी हुंदा लाखौं मुल्य बराबरको क्षति भएको छ।
आईतबार राति करिब १२ बजे  आठराई गाउँपालिका वडा न ७ साबिक थाेक्लुङ १ निबासी हस्त बहादुर बलकाे दुई तले फुसकाे छानाे भएकाे घरमा आगलागी भएको हाे ।
घरमा आगलागी हुंदा घरभित्र रहेकाे २ तोला सुन, नगद १ लाखसंगै खाध्यान्न, लत्ताकपडा, भांडा बर्तन लगायत सामान जलेर नष्ठ हुदा ६ लाख ५९ हजार ५ सय बराबरको क्षेति भएको  आठराई प्रहरी चाैकी चुहानडाँडाका प्रहरी साहायक निरिक्षक महेन्द्र कुमार संम्बाहाम्फेले बताए ।
आगलागीकाे करण भने खुल्न सकेकाे छैन । आगाे स्थानीयकाे सक्रियतामा नियन्त्रणमा आएको थियाे । यसैबिच अग्नि पिडित परिवारलाई नेपाल रेडक्रस साेसाईटी उपसाखा थाेक्लुङले एक सेट राहत सामाग्री प्रदान गरेकोे उपसाखा सचिव रमेश कुमार बजगाईले बताए ।
७ जनाकाे सङ्ख्या रहेको अग्नि पिडित परिवार अहिले नजिकैको पालीमा बस्न बाध्य भएका छन् ।