बिपल्पसहित मदन भण्डारी राजमार्ग बन्ने स्थान तय गर्यो केराबारी गाउँपालिकाले

  • १८ माघ २०७५, शुक्रबार

राष्ट्रिय गौरवको आयोजनाको रुपमा हेरिएको मदन भण्डारी मार्ग बन्ने स्थान र मापदण्डको विषयमा अन्योल र बिवाद बढिरहेको बेला मोरङको केराबारी गाउँपालिकाले संस्थागत धारणा सार्वजनिक गरेको छ ।

नेपाल सरकारले अरवौं रुपैया बजेट विनियोजन गरी धरानभन्दा पश्चिमतिर सडक नै कालोपत्रे गर्न थालिएको भएपनि उत्तरी मोरङको मधुमल्ला, लेटाङ, केराबारी, र सुनसरीको धरान लगायतको ठाउंमा बाटो बन्ने स्थान र  मापदण्डको विषयमा अन्योल  विवाद थियोे । केही स्थानमा सर्वेको काम समेत अघि वढ्न नसकिरहेको बेला गाउंपालिकाले बिकल्प सहित संस्थागत धारणा सार्वजनिक गरेसंगै राजमार्गको निर्माण सहज  बनेको छ ।

गाउँपालिकाले बिहिवार गरेको निर्णय अनुसार बजार क्षेत्रमा २/२ मिटर फुटपाथ बाटो र ७ देखि ११ मिटरसम्मको कालोपत्रे हुनेगरी राजमार्ग बन्ने भएमा केराबारी बजार क्षेत्रबाट नै राजमार्ग बनाइने छ । बजार  क्षेत्रको न्युनतम मापदण्ड अनुसार राजमार्ग बनेमा सो मापदण्डले गाउँपालिकालाई कुनै असर नपर्ने भएकोले बजार क्षेत्रबाट राजमार्ग बनाउन दिइने अन्यथा विकल्प खोज्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले जानकारी  दिए ।

यसअघि केराबारी गाउपालिकाका कार्यकारी प्रमुख पुण्यप्रसाद पौडेल र गाउँपालिका अध्यक्ष रोहित कार्की लगायतको टोली सडक विभाग तथा मन्त्रालयमा गएर आएका थिए ।
केराबारी गाउँपालिकाले गत वर्षदेखि नै मुख्य बाटोको मापदण्ड २० मिटर कायम गरेको छ थियो सोही अनुसार बजार क्षेत्रमा बाटो चौडा समेत गरिएको  छ । सरकारले बजार क्षेत्रमा ७ देखि ११ मिटरसम्म कालोपत्रे गर्ने मापदण्ड बनाएकोले केन्द्रभागदेखि १०/१० मिटर दाँयाबाँयासम्म रहने गरी सडक कायम गर्न स्थानीय सरोकारवाला सहमत देखिएको गाउँपालिकाले जनाएको छ । यसअघि राजमार्गको सर्भे गर्दा ५०  सय मिटर तल माथि हुने गरी गुगल म्याप अनुसार नै बाटोको सर्वे गरिएको  थियो ।

गाउँपालिका अध्यक्ष कार्कीका अनुसार २० मिटर भन्दा वढी बढाउनुपर्ने भए उचित मुआब्जा तथा क्षतिपुर्ति सहित बाटोको विकल्प खोजी गर्ने  समेत निर्णय भएको छ ।

यसअघि एक समुहले बजार क्षेत्रको सट्टा पहाडी क्षेत्रको फेदीबाट  र अर्को समूहले बजार क्षेत्रबाट  मदन भण्डारी राजमार्ग बनाउन माग गर्दै गाउँपालिकामा ज्ञापन पत्र वुझाएका थिए ।

मदन भण्डारी राजमार्गको विषयमा गाउंपालिकाले धारणा सार्वजनिक गरेपनि खदम खोलामा कहाँनेेेर पुुुल बनााउने भन्ने बिषयमा सरोकारवाला पक्षविच बिवाद कायमै छ । गाउंपालिकाले भने प्राविधिक टोलीको रायसुझाव र सल्लाह अनुसार  पुल बन्ने स्थान तय गर्ने निर्णय गरेको छ । काम शुुुुरु गर्नुअघि सवै सरोकारवाला व्यक्तिहरुविच छलफल तथा राय सुझाव लिएर प्रक्रिया अघि वढाउने गाउँपालिकाले जनाएको छ ।

यो पनि …

धरानभन्दा पश्चिमतिर पिच हुनथाल्यो मदन भण्डारी राजमार्ग, पुर्वतिर बन्ने स्थानकै बेटुङ्गो