भ्यालेन्टाइन – कविता

  • २९ माघ २०७५, मंगलवार

हिजोआज—
सपना पनि कस्तो अजिब देख्छु
कि—धमिलो पानी पिउदै गरेको
हिड्दा—हिड्दै बाटो रित्तिएको
हाँगाबाट फूल झरेको

मान्छेहरुले झुठो मुस्कान दिइरहेको
मायाको व्याख्या म कुन चाहिँ रङ्को
गुलाफले गर्न सक्छु र प्रीय मेरो दाजुले
सानोमा गुच्छा हराउदा सापटी दिएको
सेता गुच्छा को अगाडि

म कुन चै शब्दले तिमिलाइ प्रपोज गरुम ?
शब्द मैले सुन्तला चकलेट खानको निम्ति
दिदी सँग Rs ५ को रातो नोटको लागि खर्च गरिसकेँ

प्रीय म दिन सक्दिन जर्सी गाइको दूध बाट बनाइएका मिठा चकलेट औकात ले सुन्तला चकलेट किन्न प्रपोजका शब्द सकिएछन ।

टेड्डि अर्थात भालु को कुरा नगर प्रीय रातो बनमाराको मुन्टा टिपेर चुङ्गी खेल्दै बितेको बालापन ले धिक्कार्छ मलाइ ।

भित्तामा भएको फुलको माला सजाएको आमाको तस्बिर हेरेर सोचे कास ” प्रमिस डे ” जस्तै कसम गरिएका बाचाहरु पूरा हुने भए मेरि आमाले मलाई छोडेर जानू हुन्न थ्यो होला ।

प्रीय बालापनको उमेरमा आमाको न्यानो अनुभती याद हुने बेलामा सौतेनी आमाको मुतको न्यानो अंगालोमा खुसी सुकिसकेका छन मकैका खोस्टा जसरी ।

बाबाको झुस्स दाह्रीले बिझाउदै मास्टर्नी काकिको हुस्स तिनपाने जाँडको गन्द सँगै लिएको चुम्बन म तिम्रो २ रुपैयाको बलगम चपाएको मुख बाट कदापी पाउन सक्दिन

बर्षाको बाढि झै उर्लिएर आउने तिम्रो म प्रतिको घृणित ब्यवहार लाइ
थोपा थोपा गरि सङ्गालिएको मेरो न्यानो मायाको
सानो कुवाले किन पो मिसाउन सक्थ्यो र प्रेम

कुसस्कारमा हुर्किएकाहरु
बैसलाइ सम्हाल्न नसकेर
छटपटाउनिहरुका लागि हाे
याे भ्यालेन्टाइन

म जस्ताे एकतर्फी पारिवारिक प्रेममा
phd गर्ने विद्यार्थीलाइ
चाहिदैन प्रीय
मेरो लागि कहिल्यै नआवोस
यो म मन रुवाउने
प्रणय दिवस!!💔

ज्ञानेन्द्र दाहाल
मोरङ