सुन्दरहरैचा नगरपालिका वडा नं ८ मा रहेको खानेपानीको कार्यलयमा सोमबार भएको निर्वाचनबाट  भट्टराई निर्वाचित भएका हुन्  ।

सुन्दरहरैचा नगरपालिकाको वडा नं ७, ८, ९ र ११ का  जनतालाई  खानेपानी प्रदान गर्दै आएको संस्थामा आबद्ध १ हजार ७ सय ९२ मतदाता मध्ये १ हजार २ सय ९२ मत खसेको थियो । अध्यक्षका लागि  कांग्रेस  निकट गजेन्द्र भट्टराई र नेकपा निकट टीका ढकालले प्रतिस्पर्धा गरेेेका थिए । जसमा भट्टराईले ६ सय ४९ र र ढकालले ५ सय ८ मत प्राप्त गरे । सो मतका आधारमा भट्टराईले १ सय ४१ मत अन्तरले अध्यक्ष  जितेका छन्  ।