सुन्दरहरैंचा एक्सपोमा प्रायोजकको खडेरी, आयोजक नै बन्ने भए प्रायोजक
- २ फाल्गुन २०७५, बिहीबार
उत्तम पोख्रेल, गछिया मोरङ/ कृृषि, पर्यटन, उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार भन्ने नाराका साथ सुन्दरहरैंचाको गछियमा लाग्ने एक्स्पोमा प्रयोजक नभेटिएपछि आयोजक नै मुख्य प्रयोजक र प्रयोजक बन्ने भएको छ ।
सुन्दरदुलारी उद्योगवाणिज्य सघले लगाउने तेस्रो सुन्दरहरैचा एक्सपो नाम दिइएको एक्सपोमा मुख्य प्रयोजक नभेटिएपछि आयोजकका प्रमुख सल्लाहकार समेत रहेका ब्यावशायी भोलेश्वर दुलाल मुख्य प्रयोजक बनेका छन । पुर्वाञ्चल ल्युव आयल लुव्रिकेन्टसका सचालक समेत रहेका दुलाल आफै मुख्य प्रयोजक बनेका हुन् ।
एक्सपो संचालक समितिका संयोजक तथा सुन्दरदुलारी उद्योग वाणिज्य सघका अध्यक्ष किसोर कार्की प्रयोजक बनेका छन् । पाथिभरा कक्रिट उद्योगका संचालक समेत रहेका कार्की कोहि नभेटिएपछि प्रयोजक आफै वसेका हुन् । फागुन ४ गतेदेखि १२ गतेसम्म संचालन हुने एक्स्पोको मुख्य प्रयोजक तथा प्रयोजक नभेटिएपछि सफल बनाउन उनिहरु आफै खर्च गर्न तयार भएका हुन् ।
रक्सीका डिलरहरुले मुख्य प्रयोजक तथा प्रयोजक बस्न चासो देखाएका थिए तर उद्योगा वाणिज्य सघले लगाउने एक्सपोमा रक्सीको नराख्ने भनेर आफै वसेको कार्कीले स्वीकार गरेका छन् ।
एउटै उदेश्यका लागि पटक पटक एक्स्पो गरीएकाले लगानी गर्ने भेट्न छाडिएको स्थानियको बुझाई रहेको छ । एउटै उदेश्य वोकेका दुई वटा संस्थाले उदेश्यका एउटै भएपछि उद्योग वाणिज्य सघले लगाउने एक्सपोमा ब्यापारी समेत विभाजित भएका छन् । सुन्दरहरैचाका विभिन्न ठाँउमा निर्माणधिन सार्वजनिक शैचालय निर्माणको नाम देखाउदै ब्यापारीहरुको हक हितका लागि लागि पर्ने संस्थाले फरक उदेश्यका लागि एक्स्पो लगाउने भएका छन् ।
यसअघि नै कोशीहरैचा उद्योग वाणिज्य सघले सार्वजनिक शैचालय निर्माणका लागि भनेर एक्सपो लगाई सकेको छ । पछिल्ला समय उद्योग वाणिज्य संघहरु एक्स्पो मेला महोत्सवमा लागेको भन्दै विरोध समेत सुरु हुन थालेको छ । त्यसो त सूचना संप्रेषण लगायत प्रचारप्रसारमा स्थानीय सञ्चारमाध्यमलाई बेवास्ता गरिएको भन्दै स्थानिय सञ्चारकर्मीहरु पनि असन्तुष्ट बनेेका छन् ।