एन प्याव्सन स्पोर्टस मिट २०७५ को समापन : प्रतियाेगिताकाे उपाधी पिनाकललाई

  • ३ फाल्गुन २०७५, शुक्रबार

केशु विरही, बेलवारी, माेरङ / नीजि तथा अावासिय विद्यालयहरुकाे संस्था एनप्याव्सन मोरङले आयोजना गरेको एन प्याव्सन स्पोर्टस मिट २०७५ काे उपाधी कानेपोखरीको पिनाकल ज्ञान मन्दिरले हात पारेको छ ।

मोरङको बेलवारी ११ लक्ष्मीमार्ग स्थीत लक्ष्मी खेल मैदानमा बिहिवार देखी जारी खेलकुदमा कानेपोखरीको पिनाकल ज्ञान मन्दिरले १९ स्वर्ण ९ रजत र ७ कास्यका साथ १३६ अंक हासिल गर्दै एथलेन्टीक्सतर्फको उपाधी हात पार्न सफल भएको हो ।

त्यस्तै मिक्लाजुङको निर्मल सिद्धार्थ इङलीस स्कुलले ५ स्वर्ण १५ रजत र १४ कास्यका साथ ९८ अंक प्राप्त गर्दै दोस्रो उपाधी हासिल गरेको छ भने ८ स्वर्ण ३ रजत र २ कास्य साथ ५३ अंक प्राप्त गर्दै ग्रामथानको बुद्ध इंलिस स्कुलले तेस्रो उपाधी हासिल गरेको छ ।

विहिवारदेखि जारी उक्त स्पाेर्टस मिटमा भलिवल, कवडी तथा एथलेटिक्सका विभिन्न ८२ वटा खेलहरुमा २ हजार जति विर्थीहरुले प्रतियाेगितामा सहभनगिता जनाएका थिए ।

भलिवल छात्रतर्फ ग्रामथानको बुद्ध इंलिस स्कुल प्रथम, कसेनी मोडल स्कुल बेलवारी दोस्रो र मिक्लाजुङको निर्मल शिदार्थ इंलीस स्कुलले तेस्रो स्थान हात पार्न सफल भएका छन् ।

भलिवलकै छात्रा तर्फ माउण्ट हर्मन प्रथम, मोरङ ज्ञानोदय बेलवारी दोस्रो र पिनाकल ज्ञान मन्दिर कानेपोखरीले तेस्रो भएका थिए ।

कवड्डी जुनियर छात्रतर्फ मोरङ ज्ञानोदय प्रथम, पिनाकल ज्ञान मन्दिर दोस्रो र सगरमाथा इंलीस स्कुलले तेस्रो उपाधी हासिल गरे भने जुनियर छात्रातर्फ माउण्ट हर्मोन प्रथम, बुद्ध ईलिस स्कुल दोस्रो र डाँगिहाट लिटल बुद्धले तेस्रो उपाधी हात पर्न सफल भए भने कवड्डी सिनियर छात्रातर्फ निर्मल शिद्धार्थ प्रथम पिनाकल ज्ञान मन्दिर दोस्रो र मोरङ ज्ञानोदय तेस्रो स्थान हासिल गर्याे ।

अभिभावक संघ प्रदेश नं १ का अध्यक्ष देवि पन्थी र एन प्याब्सन माेरङका अध्यक्ष सुनिलदत्त अधिकारीले संयुक्त रुपमा विजयी खेलाडीहरुलाई पदक तथा प्रमाण पत्र वितरण गरेका थिए ।

समयकाे व्यवस्थापन गर्न नसक्दा मूख्य शिल्ड तथा पदक वितरण गर्ने समयसम्म अाईपुग्दा पुरै अंधकार भैसकेकाे थियाे । अायाेजकलाई पुरस्कार वाड्न समेत कठिन भैरहेकाे देखिन्थ्याे ।