प्रथम सुविजिमुर अन्तर मावि फुटसल प्रतियाेगिता सम्पन्न, डेपाेटलाई उपाधि

  • ४ फाल्गुन २०७५, शनिबार

सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैंचाकाे विराटचाेकमा विहिवारबाट जारी प्रथम सुविजिमुर मेमोरियल पुर्वान्चलव्यापी अन्तर मा.वि. फुट्सल प्रतियोगिताकाे उपाधी धरानकाे डेपाेट सेकेण्डरी स्कुलले जितेकाे छ ।
अाज सम्पन्न फाईनल खेलमा ज्याेति माविलाई १ का विरुद्ध १० गाेलले पाखा लाउदै उपाधी जित्न सफल भएकाे हाे ।
 प्रतियाेगितामा डिपाेट माविका खेलाडी मन्जिल राईले वढि गाेल, डिपाेट सेकेन्डरीका प्रशान्त राईले मष्ट उत्कृष्ठ खेलाडी काे उपाधी हासिल गरेका थिए ।
त्यस्तै जनता मावि बेलबारीले प्रतियाेगिताकाे अनुशासित खेल टिमकाे उपाधी हासिल गरेकाे थियाे ।
प्लानेट रिक्रिइसन सेन्टर सुन्दरहरैचाकाे अायाेजनामा संचालन भएकाे फुटसल प्रतियाेगितामा माेरङ, सुनसरी तथा झापाका विभिन्न २० वटा टिमकाे सहभागिता रहेकाे प्लानेट रिक्रिएसन सेन्टरका संचालक उत्सव थापाले वताएका छन् ।
 विजयी खेलाडीहरुलाई प्याब्सन माेरङका अध्यक्ष एवम् शिद्धार्थ ई स्कुल सुन्दरहरैंचाका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले पदक तथा पुरस्का वितरण गरेका थिए ।