राजारानी पोखरीको सौर्न्दर्यता देखेर छक्कै परे मुख्यमन्त्री, लेटाङ एक्सपोको पनि उद्घाटन

प्रचारप्रसारमा भने कमजोर देखियो एक्सपो

  • १८ फाल्गुन २०७५, शनिबार

लेटाङ नगरको आधार ,कृषि ,पर्यटन, कला र संस्कृति सहितको पुर्वाधार मुख्य नारा रहेको कृषि ,पर्यटन तथा व्यावसायिक अन्तराष्ट्रिय प्रर्दशनी अर्थात लेटाङ एक्स्पो २०७५ शुरु भएको छ ।

उद्योग वाणिज्य संघ लेटाङको आयोजनामा भएको १० दिने एक्सपोको शुक्रबार १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उदघाटन गरेका छन्  । उद्घाटन कार्यक्रम शुरु हुनु अघि विभिन्न जातजातिका जातीय र सांस्कृतिक झांकी सहितको र्याली निकाली बजार परिक्रमा गरिएको थियो ।

लेटाङ बजार पुर्वमा रहेको निर्माणाधिन बस पार्कको परिसर भित्र हुने एक्स्पोमा  कृषि उत्पादन, खाद्यान्न , लत्ताकपडा , होटल ,इलेक्ट्रोनिक्स सामाग्री ,अटो मोवाइल्स लगायतका सयभन्दा बढी स्टलहरु रहेको स्थानीय भुमिका पाख्रीनले बताइन् ।

महोत्सवको उद्घाटनमा धेरैजसो स्थानीय सञ्चारकर्मीलाई निमन्त्रणा नगरेको  मिडियालाई त्यति महत्त्व पाएन । उत्तरी मोरङमा रहेका  धेरै सञ्चारकर्मीलाई नबोलाइएका कारण एक्सपो शुरु भएको बिषयले मिडियामा धेरै प्रचारप्रसार र अपेक्षित चर्चा पाउन सकेन ।

एक्सपोको उद्घाटन अघि शुक्रबार नै प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले लेटाङको ऐतिहासिक पर्यटकीय स्थल राजारानी पोखरीको  दर्शन र अबलोकन गरेका छन् ।

उत्तरी मोरङको लेटाङ १ स्थित ऐतिहासिक धार्मिक एवं पर्यटकिय स्थल राजारानी पोखरीको  अबलोकन तथा  राजारानी मन्दिरको दर्शन  गरेका छन्  ।
लेटाङ नगरकै प्रमुख धार्मिक तथा पर्यटकिय स्थल राजारानीमा सुनाखरीको खानी, प्राकृतिक राजारानी पोखरी, लोपोन्मुख जैविक वनस्पति, लोपोन्मुख जीवजन्तु र पंंक्षीको प्रचुरता सँगै धिमाल जातिको ऐतिहासिक थलो समेत रहेको जानकारी पाएपछि मुख्यमन्त्री राईले मोरङ जस्तो सुगम जिल्लामा यस्तो ठाउँ पनि छ भन्ने आफुले नसोचेको र अब यसको विकासका लागि सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाए ।